– ऋषि आचार्य, नागरिक
सिड्नी – अष्ट्रेलियको अध्यागमन विभागले अन्तराष्ट्रिय विद्यार्थीहरुको प्रवेशाज्ञा एअरपोर्टमा नै खारेज गर्न शुरु गरेको छ। अष्ट्रेलिया फकर्दै गरेका अन्तराष्ट्रिय विद्यार्थीहरुको राहदानी र प्रवेश आज्ञा त्रुटीपूर्ण र नक्कली भेटिएपछि एअरपोर्टमा कडाई गर्न शुरु गरेको अध्यागमन विभागले जनाएको छ।
दक्षिण एसिया र अफ्रिकी महादेशबाट अष्ट्रेलिया भित्रिने अन्तराष्ट्रिय विद्यार्थीहरु अध्यागमनको निगरानिमा पर्ने गरेका हुन्। विद्यार्थी भिसामा अष्ट्रेलिया आए पनि कलेजमा भर्ना नभएका, नियमित कक्षामा उपस्थित नहुने र कमजोर शैक्षिक अवस्था भएका विद्यार्थीहरुको प्रवेशज्ञा नै खारेज गर्न शुरु गरिएको अध्यागमन विभागलाई उदृत गर्दै यहाँको राष्ट्रिय दैनिक
द अष्ट्रेलियनले लेखेको छ।
राहदानीमा फोटो परिवर्तन गरेर अष्ट्रेलिया प्रवेश गर्ने प्रचलन बढेपछि विमानस्थलमा नै कडाई गर्न थालिएको हो। नेपालबाट आएका विद्यार्थीहरुले यहाँको अध्यागमन कानुनले तोकेको घण्टाभन्दा बढी काम गरेको फेलापरेपछि नेपाली विद्यार्थीमाथि निगरानी तथा सोधपुछ बढाएको छ।
नेपाली विद्यार्थीहरु सिड्नी एरपोर्टबाटै नेपाल फिर्ता पठाईएको भन्ने हल्ला विगत १