नाहटाले भने ‘मूल ढोकामा सबै गतिविधि कभर हुने गरी क्यामरा जडान गर्ने छौं।’ वाँदरबाट क्यामरा जोगाउन क्यामरा वरिपरि काँडेतार लगाउने छ। पश्चिम गेट नजिक बसेर सुरक्षाकर्मीले क्यामराबाट गतिविधी मोनिटरिङ गर्ने व्यवस्था मिलाइएको छ। सिसिटिभि एक खाले क्यामरा हो, जसले निश्चित क्षेत्रको गतिविधिलाई भिडियोमा जस्तै खिच्छ। त्यसरी खिचेको गतिविधि मोनिटरमा अवलोकन गर्न सकिन्छ।
कोषले पशुपतिनाथको शास्त्रीय विधि अनुसार पुजापाठ गर्ने र पशुपतिनाथको विशेषतासहितको १ घण्टा १५ मिनेटको वृतचित्र समेत तयार पारेको नाहाटाले जनाए। पशुपतिनाथबारे विज्ञहरुले १ वर्ष लामो अध्ययन गरेर बृतचित्र तयार पारेको उनले जनाए। शिवरात्रीका दिन सो वृतचित्र सार्वजनिक गरिदैछ।
कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वको तयारीबारे जानकारी गराएको छ।
यस वर्ष करिव ३ हजारको हाराहारीमा साधु सन्त आउने अनुमान कोषले गरेको छ। साधुसन्त व्यवस्थापन उपसमितीका संयोजक रमेश उप्रेतीले भने ‘ यस वर्ष १ सय नागा बाबाहरु आउने अनुमान छ , सोमबारदेखि गुठि संस्थानले नागाहरुकालागि दाउरा, धुनी , खाना र बस्ने व्यवस्था मिलाउने छन्।’ हालसम्म १ हजार ५ सय साधुहरू आइसकेका छन्।
गत वर्ष करिब २ हजार ३ सयको हाराहारीमा साधुहरु आएका थिए। आएका मध्ये करिव ८० प्रतिशत भारतिय साधु भएको उनले जनाए।
शिवरात्रिका दिन ८



