देव गौतम – न्यूयोर्क अमेरिका

रत्तदान जीवनदान भन्ने नारालाई सफल बनाउन नेपालबाट अमेरिका पुगेका बिभिन्न जिल्लाबासीहरुको सकृयतामा कार्यक्रम गरिएको हो।

कार्यक्रमका सम्योजक तथा रिडउड नेपाली समाजका कोषाध्यक्ष मिलन शाहीका अनुसार व् द्द नेपाली नागरिक ६८ वर्षिय यादव गौतमले समेत सो कार्यक्रममा सहभागेए भएर रक्तदान गरेका थिए ।

जो कसैलाई पनि जुन सुकै अवस्थामा रगत को आबश्यक पर्ने गर्छ , त्यसर्थ रगतको अभाबमा कसैको पनि ज्यान जोखिममा नपरोश भन्ने हेतुले विश्वका अन्य मुलुकमा समेत रत्तदान गरी रगत सकलन गरी राख्ने प्रचलन छ ।

उक्त कार्यक्रममा अर्घाखाँची टाईम्सका न्यूयोर्क स्थित सम्वादाता देव गौतमको समेत सहभागीता थियो ।



