नेपालका प्रथम उल्टो साइकल यात्री तथा उनका सहयोगी लाई यूएईमा सम्मान गरिने

-अर्जुन दाहाल


अखाँटा-यूएई डेस्क -उल्टो साइकल यात्रा गर्ने नेपालकै प्रथम र एक मात्र साइकल यात्री विरेशप्रसाद दाहाल र सहयोगी बबिन बस्नेत यूएईमा सम्मानित हुने भएका छन् । उनीहरूलाई सम्मान गर्नका लागि यूएईका संघसस्थाहरूका साझा संस्था नेपाली समाज यूएईले संयोजन गर्दै आगामी शुक्रबार ४ मार्चका दिन दुबइको एभरेष्ट इन्टरनेशनल होटलमा सम्मानार्थ कार्यक्रमको आयोजना हुन गइरहेको छ ।


नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले उल्टो साइकल यात्रीलाई अभिनन्दन गर्ने कार्यक्रममा सहभागिता जनाई अभिनन्दन गर्न यूएईमा अस्तित्वमा रहेका सबै संघसस्थाहरूले सहभागिता जनाउने बताउँदै नेपाली समाज यर्ूर्एइ सबैको संस्था भएकाले यसले गर्ने कार्यक्रममा सबै संघसस्थाहरूसँग सहकार्य गर्नका लागि सदैव तत्पर रहेको बताएका छन् ।


बि.स. २०५७ मा उल्टो साइकल यात्रा गर्ने क्रममा १४ कि.मीको यात्रा गरेका त्रियुगा नगर पालिका वार्ड नं ६, उदयपुरका विशेरप्रसाद दाहालले बि.स.२०६२ देखि विधिवत्रूपमा मेचीकाली उल्टो साइकल यात्रा सुरु गरेका थिए । दाहालले हालसम्म भारत, भुटान, बंगलादेश, मालद्विप्स, मलेशिया, थाइलैण्ड,सिंगापुर, इन्डोनेसिया, कम्बोडिया गरी १० मुलुकको उल्टो साइकल यात्रा गरिसकेका छन् ।