विद्रोहको आगो ओमानमा पनि/नेपाली लाई सचेत अवस्थामा बस्न संघसस्थाको अपिल

-शालिकराम आचार्य
 
अखाँटा-यूएई डेस्क-ट्यूनिशिया,इजिप्ट,यमन,लिविया र बहराइन हुँदै सल्केको विद्रोहको आगो ओमानमा पनि सल्केको छ। मध्यपुर्वी अरबी राष्ट्रमा अहिले यो आगो सल्किने क्रम जारी छ।
 
ओमानको राजधानी मस्कटमा केहिदिन पहिला देखी सुरुवात गरि महंगीको बिरोध र तलब बढाउनका लागि सरकार लाई दबाब दीइएको थियो।यसै क्रममा त्यहाको प्रमुख सोहारमा प्रदर्शनकारीहरुले चलाएको विद्रोहको बिरोधमा प्रहरीले आक्रमण गरेको थियो।


जसको लप्कामा अहिले सम्म ६ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएको बताइएको छ।


ओमानको प्रमुख औधौगिक सहर सोहारमा फैलिएको उक्त दंगामा प्रहरी र प्रदर्शनकारीहरुको दुवैतर्फ क्षति भएको जनाइएको छ।


सो औधोगिक शहरमा १ हजार भन्दा बढी प्रदर्शनकारीहरुले रोजगारीको माग गर्दै दंगा भड्काएका थिए तर ओमानी सरकारले सो घटनालाई अन्तराष्ट्रियकरण हुनबाट रोक्ने प्रयत्न गरिरहेको छ।


ओमान जस्तो शान्ती देशमा यस् प्रकारको विद्रोहको आगो सल्किएला भनेर कसैले पनि सोचेको थिएन किनकी ओमानीहरु शान्तीप्रिय हुन् अहिले पनि उनीहरुको माग केवल तलबको लागिमात्र भनिएको छ।


मार्च १ देखि मस्कटमा हुनेभनीएको प्रदर्शनको लागि ब्यापक प्रचार भईरहेको छ।


प्रदर्शनले कति बेला कस्तो रुपमा विद्रोह र युद्दमा परिणित हुनेहो कसै ले भन्न सक्ने स्थिती छैन। कारण सोहारमा सोमबार पनि विद्रोह चलेको छ र त्यहाका सुपरमार्केटहरु, पेट्रोलपम्प हरु र ग्यास सिलिन्डरहरुमा आगो लगाउने र तोडफोड जारी  गरेकाछन् ।


यसै बीच भारतीय राजदुतावासले आफ्ना नागरिक लाई सजग गराएको र फार्म वितरण गरि तथ्यांक संकलन सुरु गरेको छ।


यसै गरि गैरआवसिय नेपाली संघ ओमानले ओमानले नेपाली राजदुतावास साउदीअरब लाई पत्र लेखि ओमानको जानकारी दिदै ठोस कदम समयमै चाल्न आवश्यकता जाहेर गरेको छ।


उता ओमान नेपाली एकता समाजले सबै नेपाली हरुलाई सजग गराउदै सार्वजनिक ठाउँमा नजान,काम सकीए पछि आफ्नो कोठाबाट बाहिर ननिस्कन आग्रह गरेको छ।ओमानी हरु र अरु कुनै समुदाय सँग कुरा नगर्न,ओमानको बारेमा कुनैकुरा नकाट्न,बाहिरी क्षेत्र जस्तै होटेल र सडक छेउ हरुमा काम गर्ने र सबै नेपालीले अलि प्रसस्त मात्रामा खाधन्न किनेर राख्न र सके सम्म एक अर्को नेपालीको जानकारी राखी सबैको ओमान र नेपालको फोन न. र ठेगाना संकलन गरि आफ्नो नजिकको संघसस्था(NRNA -NCC ओमान,ओमान नेपाली एकता समाज,नेपाली समाज ओमान र प्रवासी नेपाली संघ ओमान सललाह)का कार्यकर्ता लाई उपलब्ध गराईदिन अनुरोध गरेको छ।


साथै नेपालीहरु लाई धेर्य शान्ति र सुजबुझका साथ काम गरि चनाखो पूर्ण अवस्थामा रहन अनुरोध गरिएको छ ।


यसै क्रममा ओमन नेपाली एकता समाजले एक प्रेस विज्ञप्ती जारी गरेको छ , प्रस्तुत छ विज्ञप्ती को पूर्णपाठ :

 

ओमानमा नेपाली एकता समाज मस्कट को अपिल

ओमान मा कार्यत नेपाली जन समुदाए तथा दाजुभाई तथा दिदि बहीनीहरु तंपाई  हरु लाई जानकारी नै भएको होलाकी ओमानको हालत ब्रिगदै गएको छ । अरुदेशमा जस्तै ओमानका नेपाली हरुलाई दुख नपरोस र नेपाली हरुले पनि यस् समयमा संयमका साथ काम गरि सिरिया जस्तो भोक भोकै दिन बिताउन न परोस भनेर तंपाई हरु सँग अपिल गर्दछ।


सबै नेपालीहरुलाई सजग गराउदै तंपाईहरु पनि सार्वजनिक ठाउंमा बेकाम नजानु,काम सकीएपछि आफ्नो कोठाबाट बाहिर ननिस्कनु,ओमानीहरु बाट र अरु कुनै समुदाय सग कुरा गर्न बाट बचौं।


ओमानको बारे नगर्न कुराहरु नकाट्न नेपालीहरु जोकी बाहिर जस्तै होटल र साइडहरुमा कमगर्नेले अलि प्रसस्त मात्रामा रासन पानी किनेर राख्न सके सम्म एक अर्को नेपाली को जानकारी राखी सबै साथी भाई तथा दिदि बहिनी को जानकारीको साथै ओमान र नेपाल को फोन न. र ठेगाना संकलन गरि आफ्नो नजिकको संघसस्थाहरु(जस्तै NRNA