कोरियामा धमाधम नेपाली पक्राउ पर्न थाले

अखाँटा-यूएई डेस्क- इपिएस प्रणालीबाट कोरिया पुगेका २ सय नेपाली पक्राउ परेका छन् । भिसा भएका उनीहरुलाई काम गरिररहेको कारखानाबाटै अद्यागमनका कर्मचारीले पक्राउ गरेका हुन् । गैरकानुनी कामदारलाई निस्कासन गर्ने योजना अनुरुप यसरी पक्राउ गर्दा एपिएस प्रणालिबाट गएका पनि पक्राउ पर्न लागेका हुन ।


रातमा होस् वा दिउस,बिहान होश वा अपरान्ह जनुसुकै बेलामा पनि कोरियन अद्यागमन कर्मचारीले विनाकुनै सूचना काम गरिरहरेको कारखानाबाट गत शनिबारदेखि पक्राउ गरिरहेको नेपाली कामदारको भनाइ छ।


कोरियन अधिकारीले किन पक्राउ गरिएको हो भनेर खुलाउन मानेका  छैनन्, छानविन गरेर नेपाली कामदार छाडिने स्रोतको दावी छ।