कास्की – प्राप्त समाचार अनुसार प्याराग्लाइडिङका एक अन्तराष्ट्रिय पाइलट मंगलबारदेखि बेपत्ता भएका छन् ।
पोखराबाटै दुई जना साथीहरु संगै प्याराग्लाइडिङ उडानका लागि माछापुच्छे पोर्चुङ गएका बुलगेरियाका ३८ वर्षीय क्यामेन कुमानो बेपत्ता भएका हुन ।
रुमेन र उनकी प्रेमिका संगै उनी तीन दिन अघि पोखराबाट स्वतस्फुर्त रुपमा उड्नका लागि गएका थिए । उनीहरुसंगै गएका दुई जना साथी बुधबार सम्पर्कमा आए पनि पाइलट क्यामेन भने सम्पर्क बिहीन बनेका हुन् । साथीहरुले पनि संगै उडेका क्यामेन बेपत्ता भएको आंशका गरेका छन् ।
तीन महिना अघि आएका उनी पोखराको प्यारानोभा प्याराग्लाइडिङ् कम्पनीबाट दिनहुँ उडान गदै आएका थिए ।



