ओमान नेपाली एकता समाज केन्द्रिय समिति द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

-शालिकराम आचार्य-ओमान-मस्कट २५,फ्रेबुअरी २०११- शोषित पिडित नेपालीहरुको दु:ख शुख मा हातेमालो गर्दै अघी बढेको नेपाली एकता समाज ओमान केन्द्रिय समिति द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। समाजका सम्पूर्ण कार्यकर्ता र सदस्यहरुको जमघटमा सम्पन्न भएको भेला ज्ञात अज्ञात सहिदलाई स्मरण गर्दै सुरु गरिएको थियो भने समाजका केन्द्रिय सल्लाहकार सोमे तामांगले कार्यक्रमको शभापतित्व गरेका थिए।

कार्यक्रमको सन्चालन तुल्सिराम जैसीले गरेका थिए।

सो प्रशिक्षण कार्यक्रममा नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष शोभाकान्त लामीछाने,कोषाध्यक्ष विष्णु अर्याल,श्रीजनसिल सांस्कृति परिवारका अध्यक्ष सिबलाल गिरि, रहेका थिए । कार्यक्रममा ओमानमा रहेका संघसस्था हरुको बारेमा जानकारी र उनि हरुको गतिबिधि बारेमा बिष्णु अर्याल ले जानकारी गराएका थिए। उनले ओमानका नेपाली कल्ब,समूह र सामाजिक संघसंस्था हरुको काम र भिन्नताको बारेमा प्रकाश परेका थिए।


यसैगरि सागंठनिक प्रकृया सम्बन्धी प्रशिक्षण दिदै प्रशीक्षक सिबलाल गिरिले सबैले आफनो कार्यदक्षता,अनुशासन् को दायरामा रही कामगर्नु र नेपाली हरुलाई अनुशासन्  कायम राख्दै अघी बढ्नु पर्ने कुरालाई निरन्तरता दिदै सम्पूर्ण सदस्यलाई सम्बोधन गरेका थिए।


सैदान्तिक बिषयमा सम्पूर्ण एकता समाजका सदस्यलाई ओमान नेपाली एकता समाजका अध्यक्ष शोभाकान्त लामीछानेले प्रशिक्षण दिएका थिए ।


सो प्रशिक्षण भेलामा समाजका केन्द्रिय पादाधिकारी, एरिया समितीका पदाधिकारी, एवम सम्पूर्ण सदस्य हरुको उपस्तिथी रहेको थियो।