-उमाकान्त पाण्डे गाउले
३ मार्च २०११-अर्घाखाँची डट्कम् यूएई डेस्क-नेपाली जनप्रगतीशिल मन्च यूएई आबुधाबी क्षेत्रिय समिती द्वारा आयोजना गर्न गैरहेको बनभोज कार्यक्रम स्थल परिवर्तन गरिएको छ। यही मार्च महिनाको दोस्रो शुक्रबार अर्थात ११ तारिख आबुधाबी मुसफा रोड,कर्नेस ठुलो मस्जिद नजिकै रहेको पार्कमा गरिने भनिएको बनभोज कार्यक्रम स्थल परिवर्तन गरि अलऐन स्थित पिकिनिक स्थलमा सारीएको छ।
यस् अघी प्रकाशित समाचारमा जनाईए अनुसार स्थानिय स्तरमा अत्यधिक जनशहभागीता जुटाउने भनिए बमोजिम बनभोजका लागि अत्यधिक समुहले नाम दर्ता गराएको र दर्ता गरिएका अत्यधिक समुह हरुको आबुधाबी भन्दा बाहिर गएर बनभोज गर्नु पर्ने अनुरोध बमोजिम स्थल परिवर्तन गरिएको आयोजकले जनाएको छ।
यस् अघी अर्घाखाँची डट्कम् यूएई डेस्कमा जनाए अनुसार २५ शुक्रबार २०११ का दिन आबुधाबीमा भएको एक भेलाले जनप्रगती शिल आबुधाबी क्षेत्रिय समिती पुनर्गठन गरेको थियो। मन्चको केन्द्रिय समिती यूएईको निर्देशन् बमोजिम जनयुद्दको १६ औ वर्षगाठलाई स्थानीय स्थरमा व्यापक जन सहभागीमूलक कार्यक्रम गरि मनाउने योजना अनुरुप मार्च ११ शुक्रबारका दिन सामुहिक वनभोज कार्यक्रम सहित विभिन्न सास्कृतिक कार्यक्रम गरि भब्य रुपमा मनाउने निर्णय गरेको मन्चका केन्द्रिय महासचिव श्याम परिवारले जनाए।उनका अनुसार कार्यक्रमको स्थान मात्र परिवर्तन गरिएको हो।
सो बनभोज कार्यक्रममा सहभागी हुन चाहनुहुने सम्पूर्ण लाई आगामी ९ तारिख सम्म नाम दर्ता गराउनु हुन उत्सुक सबै प्रवासीहरुमा बिशेष अनुरोध समेत गरिएको छ|



