सुनसरी, झापा र इलाममा भएका दुर्घटनामा तीनजनाको मृत्यु

विराटनगर – सुनसरी, झापा र इलाममा बुधबार साँझ भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित तालतलैया चोकमा मोटरसाइकलको ठक्करले इटहरी २ का सनम राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा इटहरीका भरत खड्का गम्भीर घाइते भएका छन् । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यसैगरी झापाको दमक-५ स्थित बेलडाँगीबाट दमक आइरेको मोटरसाइकलले ठक्कर दिंदा बेलडाँगी शरनार्थी शिविरका ३० वर्षीय अम्बर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी इलाममा स्काइभेटरले ठक्कर दिंदा ७ वर्षीय विपिन राईको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु