उमाकान्त पाण्डे गाउले र उत्तम अधिकारी
आबुधाबी यूएई -अहिले देशलाई अनुशाषित,संयमित,लगनशिल र श्रीजनशिल युवाहरुको खाचो छ ।राष्ट्रको यो खाचो पुरा गर्नकालागी प्रवाशी नेपाली युवा संघ कटिबद्द, एकताबद्द र निडर भएर अघि बढ्दै प्रवाशमा रहेका नेपालीहरुलाइ जस्तोसुकै तरिकाबाट शोषण,दमन गर्न खोज्ने दलालहरुको भण्डाफोर गर्दै जान अन्जानमा अनैतिक कृयाकलापमा संलग्न र कुलतमा फसेका नेपाली दाजुभाइहरुलाइ क्रमश त्यस्ता कृयकलापबाट मुत्त गर्दै यूएई प्रवाशमा शोषित पिडित नेपालीहरुको उद्दार गर्ने तथा उद्धारको लागी दवाब सृजना गर्ने पबित्र उद्देस्यका साथ युवा संघ नेपालको जहा जहा युवा त्यहा त्यहा त्यहा युवा संघ भन्ने नारा लाइ अघि बढाउदै प्रवासी नेपाली युवासंघ यूएई,प्रवाशमा शोषित पिडित नेपालीहरुको रक्षा टडकारो भएर खडा भइरहेको कुरा प्रवाशी नेपाली युवासंघका यूएईका केन्द्रिय अध्यक्ष महेश गिरीले बताइरहदा आबुधाबीको मुसाफाह क्षेत्रमा ४ मार्च २०११ शुक्रबारका दिन उपस्थित युवाहरुमा एक फरक किसिमको जोस जागर पलाएको देखिन्थ्यो ।
आफ्नो स्थापनाकालको छोटो समयमै सबैतिरका युवाहरुलाइ समेट्दै र उनिहरुको बिश्वास जित्दै अघि बढेको यस संघले आफ्नो क्षेत्रिय समितिहरु गठनलाई तिव्रता दिइरहेका बेला सोही दिन संघकै बिभिन्न केन्दि्य पदाधिकारी तथा सदस्यहरु,प्रवाशी नेपाली संघ यूएईका केन्द्रिय र क्षेत्रिय पदाधिकारी तथा सदस्यहरु र अन्य अतिथि तथा उपस्थित युवाहरुको माझमा आबुधाबी मुसाफा क्षेत्रिय समिति गठन गरेको छ।
प्रवाशी नेपाली युवासंघ यूएईका केन्द्रिय अध्यक्ष महेश गिरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रवाशी नेपाली संघ यूएईका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटा प्रमुख अतिथि,नेपाली समाज यूएईका भुतपुर्वक केन्द्रिय उपाध्यक्ष चक्र बहादुर राइ त्यसैगरि प्रवाशी नेपाली संघ यूएईका केन्द्रिय सदस्य तुफान राइ,संघकै मुसाफा क्षेत्रिय समिति अध्यक्ष राम बहादुर भण्डारी तथा आबुधाबी क्षेत्रिय समितिका सचिब उत्तम अधिकारी अतिथि तथा प्रवाशी नेपाली युवासंघका विभिन्न केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रम सन्चालन गर्दै प्रवाशी नेपाली युवा संघका केन्द्रिय महासचीव बुद्दी प्रशाद सुवेदीले बिदेशमा कमाएको पैसा रेमिट्यान्स गरेर मात्रै देशप्रतिको जिम्मेवारी र अभिभारा पुरा नहुने भएकाले जागरुक युवाहरुले युवासंघमा आवद्ध हुँदै देशको जिम्मेवारी बहन गर्नको लागी काध थाप्न पर्ने बताएका थिए ।
ज्ञात अज्ञात शहिदहरुप्रति श्रदाञ्जली स्वरुप मौनधारणबाट शुरु गरिएको गरिएको उक्त कार्यक्रममा संघकै केन्द्रिय सदस्य राजेन्द्र तिमिल्सीनाले स्वागत मन्तब्य राख्दै प्रवाशी नेपाली युवासंघ र यसका कामप्रति सबै क्षेत्रबाट सहयोग पाउने बिश्वास ब्यक्त गरेका थिए ।
मुलुक परिबर्तनशिल अबस्थामा रहेकाले देशको यस सम्बेदनशिल अबस्थालाइ बुझी बिशेषगरी युवाहरु नै अघि बढ्नु पर्ने र प्रवाशमा छरिएर रहेका युवाहरुलाइ संगठित गर्दै उनिहरुको आवाजलाइ बुलन्द बनाउनको लागी प्रवासी नेपाली युवासंघ सदैव लागी पर्ने भएकाले सबैको साथको लागी आग्रह गर्दै प्रवाशी नेपाली संघ यूएईका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटाले विभिन्न आन्तरिक बिषयमा प्रशिक्षण दिएका थिए ।
उक्त भेलाले दुर्गामान शाक्यको अध्यक्षतामा १७ सदस्यिय मुसाफा क्षेत्रिय समितिको गठन गरेको छ। जसको उपाध्यक्ष द्धयमा बेग बहादुर राना तथा अम्बिका प्रसाद ढकाल,सचीबमा राम प्रसाद भुसाल,सह-सचिबमा ओम सिवाकोटी, कोषाध्यक्षमा काजीराम खत्रि तथा अन्य सदस्यहरुमा क्रमश राज कुमार गिरी,खेमराज ढकाल, गोकर्ण सापकोटा,सुदर्शन थापा,उपेन्द्र पौडेल,दिल बहादुर थापा मगर,हरिचन्द्र रानाभाट,भरतमान गवाज,कृष्ण प्रसाद सुवेदी,मोहन थापा र मोहनराज पौडेल रहेका छन् ।
कार्यक्रममा हालसम्म प्रवाशी नेपाली युवासंघ यूएईले आफ्ना ४ वटा क्षेत्रिय समिति गठन गरिसकेको र अन्य २ वटा क्षेत्रिय समिति तथा उत्तरी इमिरेट्स र दक्षिणि इमिरेट्स गरी २ वटा समन्वय समितिहरु गठनको क्रममा रहेको जानकारी गराइएको थियो ।



