१७ वर्षीय एक युवतीको मृत शरिर गाडिएको अबस्थामा फेला

इनरुवा – प्राप्त समाचार अनुसार शनिबारदेखि हराइरहेकी सुनसरीको भोक्राहा ९ की एक युवतीको मृत शरिर आइतवार गाडिएको अबस्थामा फेला परेको छ ।

 

भोक्राहा ९ का इसमाइल हजामकी १७ वर्षीय छोरी अजमुल खातुनको मृत शरिर शुक्रबार साँझ स्थानीय सत्यनारायण मेहताको गहु खेतमा गाडिको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

 

मुखमा कपडा हालेर घाटी थिचेर हत्या गरि गाडिएको अबस्थामा उनको शब फेला परेको इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायव निरीक्षक शंकर चौधरीले जनाए । लाटी स्वभावकी अजमल शनिबार बिहान ११ वजे घाँस काटन घरवाट निस्केकोमा फर्केर नआएपछि परिवारका सदस्यहरुले खोजी सुरु गरेका थिए । खोज्दै जाने क्रममा गहुँ खेतमा गाडिएको अबस्थामा शव फेला परेको हो ।

 

शवलाइ पोष्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा ल्याएको छ ।

अन्य समाचारहरु