तम्घासको देउराली तर्फबाट शुरु भएको आगो तम्घास स्थित कालीदत्त गुल्मका सैनिक, प्रहरी, वन कार्यालयका कर्मचारी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको हो । आगोले नेपाल टेलिकमको पाल्पासँग सम्पर्क हुने गुल्मी र अर्घाखाँचीको रिपिटर टावर जोखिममा परेको थियो ।
टावर संरक्षण गर्दै आगो नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले बताए । आगोले ३५ हेक्टर भन्दा बढी जंगल र निजी खरबारी नष्ट गरेको छ ।
दिनभर हावाहुरी बढी चलेको र बढी सुख्खा क्षेत्र भएकाले समयमै आगो नियन्त्रण हुन सकेको थिएन । झण्डै ५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा गत वर्ष पनि साउने क्षेत्रबाट आगलागी भएको थियो । गत वर्षको आगलागी झण्डै चार दिनपछि नियन्त्रणमा आएको थियो ।



