कैलालीको सीमावर्ती गौरीफन्टा जङ्गलमा भारतीय लुटेराहरुबाट नेपाली सर्वसधारणहरु लुटिए

डडेन्धुरा । प्राप्त समाचार  अनुसार कैलालीको सीमावर्ती गौरीफन्टा जङ्गलमा आज बिहान भारतीय लुटेराहरुबाट नेपाली सर्वसधारणहरु लुटिएका छन् । लुटपाटका क्रममा अज्ञात भारतीय लुटेराको समुहसँग नेपाली सर्वसधारणहरुको झडप भएको छ ।
झडपमा एक महिला सहित ६ जना सर्वसधारणहरु घाइते भएका छन् । भारतको बम्बईबाट घरफर्किरहेका नेपालीहरु चढेको बसलाई रोकेर ३०-४० जनाको संख्यामा आएका भारतीय लुटेराहरुले गौरीफन्टा बजारसँगै जोडिएको जङ्गलमा लुटपाट गर्न खोजेका थिए ।


बस रोकेर लुटपाट गरिन थालिएपछि नेपालीहरुले प्रतिकार गर्न खोज्दा अछामको दर्ना गाविस-१ का रुपबहादुर खडका, बान्नातोली-४ का केशब रावल, जुपु-८ का हर्क भण्डारी, जोगी भण्डारी, पार्वती भण्डारी र जुपु-९ का चन्द्र भण्डारी घाईते भएको बताइएको छ ।


लुटेराहरुले पार्वती भण्डारीसँग रहेको ६८ हजार भारतीय रुपैया लुटेर लगेको पीडितहरुले बताएका छन् । घटनाका बारेमा सिमावर्ती त्रिनगर भन्सारस्थित प्रहरी चौकीलाई कुनै जानकारी नभएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु