पर्वत । करिब नौ महिनअघि प्याराडाइज कम्पनीबाट लिविया पुगेका पर्वतको थापाठानाका ४ युवाहरु अलपत्र परेका छन । थापाठाना ८ का ओम भण्डारी, विनोद भण्डारी, युवराज भण्डारी र थापाठाना ७ ईश्वर बहादुर थापा अलपत्र परेका हुन् ।
उनीहरुले आफुहरुले धेरै सास्ती खेप्नु परेको टेलीफोनमार्फत जानकारी दिएका छन् । राजधानी त्रिपोलीमा रहेको एक कम्पनीमा काम गर्ने ओम भण्डारीले जानकारी दिए अनुसार यतिबेला बाहिर निस्किने अवस्था पनि नभएको र साथमा पैसा पनि नभएपछि भोकभोकै बस्ने अवस्था आएको र शौचलायको पानीबाहेक अरु खानेकुरा खान नपाएको गुनासो छ ।
उनीहरु अलपत्र परेको खबरले गाउँभरि नै रुवाबासी चलेको कृष्ण केसीले बताउनुभयो । अलपत्र परेका उनीहरुको आफ्न्तजनले सकुशल उद्धार गरिदिन सम्वन्धित निकायसँग आग्रह गरेका छन् ।