विद्यालयबाटै बालक बेपत्ता

– भीमबहादुर सिंह

 

जाजरकोट – जिल्लाको भगवती माध्यमिक विद्यालय अर्छानीबाट एक बालक बेपत्ता भएका छन् । विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ बर्षीय बालक जनकलाल जैसी ११ दिनदेखि बेपेत्ता भएका हुन् । आफ्नै सहपाठीहरुसँगको सामान्य झगडापछि विद्यालयको कक्षाकोठाबाटै ती बालक वेपत्ता भएका हुन् ।

विद्यालय गएको छोरा घर नफर्केपछि आसपासका आधा दर्जन गाविसमा खोजी गरेपनि कही पत्तो नलागेको बाबु गणेश जैसीले बताए । बेपत्ता बालकको स्थायी ठेगाना अर्छानी गाविस वडा नं ५ रहेको छ ।

अन्य समाचारहरु