नेपाली जनसंपर्क समिती यूएईद्वारा श्रदान्जली सभा सम्पन्न

– उमाकान्त पाण्डे गाउले


मार्च-१२-यूएई,आबुधाबी – अखाँटा-यूएई डेस्क) – नेपाली काग्रेंशका सस्थापक नेता,प्रजातान्त्रिक आन्दोलनका अगुवा कृष्ण प्रशाद भट्टराईको निधन भएको ८ औ दिन पारी नेपाली काग्रेंशको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसंपर्क समिती यूएईले एक श्रन्दान्जली सभाको आयोजना गरी स्व.भट्टराई प्रती श्रदा सुमन अर्पण गरेको छ।

 


 

गत शुक्रबार सम्युउत संयूत्त अरब एमिरेट्स यूएईको आबुधाबी स्थित फेबरेट रेस्टुरेन्टको सभा हलमा शोक सभाको आयोजना गरि मृत् आत्मको चिरशान्तीको कामना गर्दै श्रन्दान्जली सभा गरिएको हो।

 


 

सन्त नेता भट्टराईको निधन ले शोकमा डुबेका काग्रेश निकट तथा सम्पूर्ण प्रवासीको नेत्रित्व नेत्रीत्व गर्दै आयोजना गरिएको सो शोक सभामा भट्टराई लाई सम्झदै एक मिनेट मौन धारण गरी उपस्थित सम्पूर्णले पालैपालो स्व.भट्टराइको तस्विरमा रातो अभिर फुलमाला माल्यर्पण गर्दै श्रदान्जली ब्यत्त गरेका थिए।

 


 

भट्टराईको निधनले नेपाली काग्रेंशलाई मात्र नभै राष्ट्रले एक अभिभाबकत्व र इतिहासका साक्षात पुरुष लाई गुमाउनु परेकोले कार्यक्रममा उपस्थित सबैले उनका सबल पक्षलाई आत्मसाथ गर्दै अघी बढ्नु पर्ने बताए।

 


 

भ्रस्ट्राचार मुत्त समाज निर्माणका लागि त्यागी नेताको रुपमा परीचित भट्टराई मिलनसार र ठट्टौली पाराको भएको उनी सँग काम गर्दाको अनुभब सुनाउदै कार्यक्रमका प्रमुख अतिथी यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापा ले भट्टराई प्रधानमन्त्री हुँदा आफु पररास्ट्रमा सह-सचिव रहेको र त्यो अवस्थामा नजिक रहेर कामगर्दा अन्तरास्ट्रिय स्तरमा समेत उनी बिज्ञ रहेको आफुलाई महसुश भएकोले उनको निधनले त्यस क्षेत्रमा पनि ठुलो प्रभाब परेको राजदुत थापाको भनाइ थियो।

 


 

भट्टराईको निधन पछी यूएई दुतावासमा राखेको शोक पुस्तीकामा बिभिन्न बिदेशी नियोगका प्रतिनिधि आएर भट्टराईको प्रशंशा लिखित रुपमा व्यत्त गरेको राजदुत थापाले बताए।

 

नेपाली काग्रेशका सस्थापक नेता भुपु प्रधान मन्त्री भट्टराई को निधनले राजनितिक क्षेत्रमा मात्र नभै नेपाली पत्रकारिता जगतलाई समेत ठुलो क्षती पुगेको कार्यक्रममा बोल्ने अधिकाश वत्ताहरुको भनाइ थियो।

 


 

नेपाली जनसंपर्क समिती यूएईका केन्द्रिय शभापति चित्र केसी को शभापतीत्व,नेपाली राजदुत अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यता,नेपाली समाज यूएईका केन्द्रिय उपाध्यक्ष भरत राज रानामगर,आयोजक समितीका केन्द्रिय सदस्य तथा नेपाली समाजका पार्षद शभापती तुल्सी तामाङग,जनजातीमहासंघ यूएईका अध्यक्ष भुवन राइ,सर्वदा वाङगमय यूएई प्रतिस्ठान का अध्यक्ष एवम प्रवासी संघ यूएईका वरिस्ठ उपाध्यक्ष तथा सगंठन बिभाग प्रमुख लक्षमण सापकोटा ‘विकल्प’, तथा जनसंपर्क समिती यूएईका केन्द्रिय तथा क्षेत्रिय समितीका पदाधिकारी एवम सदस्यहरुको बाक्लो उपस्थितीमा सपन्न कार्यक्रममा समितिका केन्द्रिय कोषाध्यक्ष गुन्जमान गुरुङग को स्वागत मन्तब्य तथा दुबइ क्षेत्रिय समितीका शभापती मनोज श्रेष्ठ ले कार्यक्रम सम्बन्धी प्रकाश पार्दै स्व.कृष्ण प्रशाद भट्टराई को सन्क्षिप्त जीवनी लाई कोट्टाएका थिए।

 


 

कार्यक्रम विश्व उल्टो साइकल यात्री बिरेश दाहाल उनका सहयोगी बबिन बस्नेत , तथा सुल्टो साइकल यात्री जनार्दन खनाल को बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि-पत्रकार बुद्दिजिवी लगायतको उपस्थिती रहेको थियो।