जापानमा आएको भुइँचालो र सुनामीको प्रकोपमा परेर १४ जना नेपाली विद्यार्थीको स्थिति बेखबर


 

–  जापानमा आएको भुइँचालो र सुनामीको प्रकोपमा परेर बाँच्न सफल एक नेपाली विद्यार्थी रविन शर्माले आफूसँगै पढ्ने १४ जना नेपाली विद्यार्थीको स्थिति बेखबर रहेको जानकारी गराएका छन् ।

सेन्डाइस्थित भाषा स्कुलको कक्षामा बसेर पढिरहेका बेला सुनामी आउँदा आफू भागेर बाहिर निस्कन सकेपनि अन्य सहपाठीहरु स्कुलमैं थुनिएको र सुनामीले स्कुल क्षतविक्षत भएको उनले जनाएका छन् । ‘रविनले मोबाइल मेसेजबाट पठाएको खबरमा सगैका साथीभाइको स्थितीबारे चिन्ता जनाएका छन्,’गैर आवासीय नेपाली संघ, जापानका प्रवक्ता डा.कुमार बस्नेतले  फोनमा भने ।

यसबाहेक, यति तथा साइनो नामका नेपाली रेष्टुरेन्ट बगाएको र झण्डै एक दर्जन नेपालीहरु सम्पर्कहीन रहेको बिषयमा समेत स्थानीय नेपाली समुदाय सम्पर्क स्थापित गर्न-गराउनमा लागिपरेको बस्नेतले बताएका छन् । ‘हामी नेपालीहरुको स्थिति पहिल्याउन विदेश मन्त्रालयमार्फत पहल गरिरहेका छौं,’टोकियोस्थित दुतावासका उपनियोग प्रमुख डा.दुर्गा सुवेदीले भने ।

सेन्डाइमा पढ्ने नेपाली बिद्यार्थी रविनको मोबाइल मेसेज यसप्रकार छ-

Hi,

I am a student in sendai Japanese school, I am now inside a evacaution building but i dont know where my frns are. nobody come here to save us . I am mailing you by my mobile phone .. Please save me , alltogether we are 15 student here. I dont know about the other friends.We were in a class when tsunami came, I ran away from the class but rest of my friends are not able to run away, they are still in a class room, but our class room is damaged by Tsunami.

Rabin Sharma