तनहुँ – प्राप्त समाचार अनुसार मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ना ३ ख ३२०३ नम्बरको बस र पोखारबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ८३२५ नम्बरको बस आँवूखैरेनी ६ नारीघाट नजिकै सोमवार आपसमा ठोक्किँदा घटनास्थलमै चालक सहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ना ३ ख ३२०३ नम्बरको बसका चालक पोखरा घर भएका विक्रम श्रेष्ठ र सोही वसमा यात्रा गरेकी अन्दाजी २५ वर्षीया एक महिला रहेका छन् ।
दुर्घटनामा गम्भीर घाईते भएका तीन जनालाई भरतपुर अस्पताल भरतपुर पठाईएको र अन्य यात्रुहरु सामान्य घाईते रहेकाले आँवुखैरेनी स्थित क्लिनिकहरुमा उपचार भई रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको विवरण खुली नसकेको प्रहरीले जनायो ।
बसको अगाडिको क्याविनमा रहेका उनीहरुको अर्को वसले ठक्कर दिदा मृत्यु भएको प्रहरी निरिक्षक विरेन्द्र थापाले वताए । उनले वसहरुले सन्तुलन गुमाएर ठोक्किएको हुन सक्ने वताए ।



