कोरियामा रहेका अवैधानिक विदेशी नागरिकहरुले भिषा पाउने

कर्णजङ रायमाझी र रघु त्रिपाठी

 

दक्षिण कोरिया- अखाँटा-यूएई डेस्क-कोरियामा अवैधानिकरुपले बसेका विदेशी नागरिकहरु १०वर्ष नाघेको छ भने एम्नेष्टी इन्टरनेश्नलमा आफ्नो नाम दर्ता गराई स्थाई बसोबास गर्ने अधिकारको दावी गर्न सकिने जानकारी प्राप्त भएको छ । विभिन्न शिलशिलामा कोरिया प्रवेश गरेर अवैधानिकरुपमा १० वर्ष भन्दा बढी कोरियामा बसेका चाइनिज नागरिकहरुले भने गत साताबाट यो सुविधा पाएको एम्नेष्टीले जनाएको छ ।

सामान्यत ५ वर्ष भन्दा पछि कुनै ठाउँमा बसेको छ भने उक्त भूमिमा स्थाई बसोवास गर्ने अधिकारको अन्तराष्ट्रियरुपमा आवाज उठिरहेको सम्वन्धमा विभिन्न देशहरुले यसलाई मान्यता दिने तथा सम्मान गर्ने गरेका छन् । दक्षिण कोरियामा बर्षौ देखि बसिरहेका विदेशीहरु यस अधिकारबाट लालयित भए पनि २०औँ बर्ष कोरियामा बसेर कोरियाको आर्थिक विकाशमा टेवा पुर्याउदै आएकाहरुलाई यहाँको सरकारले अपराधी झैँ समाएर देश निकाला गर्दै आएको छ । तर हालै आएर राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावबाट दश वर्ष भन्दा बढी बस्नेलाई स्थाई बसोबासको स्वीकृति दिने निर्णय गरेको छ । तर हाल यी अधिकार चिनिया नगरिकहरुलाई मात्र दिएको छ ।


विदेशी पासपोर्ट बोक्ने जोसुकैले पनि समान अधिकार पाउनु पर्नेमा चिनियाँ मात्रलाई दिएको यी अधिकार सबै विदेशीहरुले पाउनु पर्ने भन्दै मानव अधिकारवादी सस्थाहरुले भिषाको अधिकार पाउँन सक्ने ब्यक्तिहरुको नामावली सङ्कलन गर्न सुरु गरेको छ । उक्त भिषा अधिकार दावी गर्ने नेपालीहरुको हकमा नेपाली सम्पर्क समितिका अध्यक्ष डेविट राईको पहलमा डाटा संकलन भैरहेको समेत जानकारी प्राप्त भएको छ ।


स्मरण रहोश केही साता यता कोरियामा अबैधानिक रुपमा कार्यरत करीब २ सय नेपाली लाई त्यहाको प्रहरी ले पक्राउ गरेको थियो।