-उमाकान्त पाण्डे गाउंले
अर्घाखाँची टाईम्स यूएई डेस्क)-१२ मार्च – आबुधाबी -दिगो विश्व शान्ति,नेपाल र नेपालीको पहिचानका निम्ती विश्व साइकल यात्रा गर्ने तीन नेपाली नागरिक लाई सम्युत्त अरब एमिरेट्स यूएईको राजधानी आबुधाबीमा एक बिशेष कार्यक्रमका बिच सम्मान गरिएको छ।
नेपाललाई विश्व भर शान्ती देशको रुपमा परीचित गराउदै विश्व रेकर्ड पुस्तिका ‘गिनिज बुक’मा नाम लेखाउन जोखिम पूर्ण यात्रा तय गरेका उल्टो साइकल चालक उदयपुरका विरेशप्रसाद दाहाल,उनका सहयोगी बबिन बस्नेत तथा अर्का सुल्टो साइकल यात्री काभ्रेका जनार्दन खनाल लाई आबुधाबीको सर्वदा चोकमा गत बिहीवार सन्ध्याकालिन प्रहरमा एक कार्यक्रमका बिच सम्मान गरिएको हो।सर्वदा वाङगमय यूएई प्रतिस्ठान आबुधाबीको सम्योजकत्वमा प्रतिस्ठानले नामाकारण गरेको सर्वदा चोक (हमदान) स्ट्रिटमा एक बिशेष कार्यक्रम आयोजना गर्दै बिभिन्न संघसस्था मिलेर सम्मान पत्र तथा नगद आर्थिक सहयोग गरी सम्मान गरेका हुन।
सर्वदा वाङगमय यूएई प्रतिस्ठान, प्रवासी नेपाली संघ यूएई, प्रवासी नेपाली युवासंघ यूएई आबुधाबी ले सम्युत्त रुपमा नगद यूएई धिराम्श ८ सय ६५ रुपैया करीव १७ हजार नेपाली रुपैया साइकल यात्री त्रयलाई हस्तान्तरण गरी सम्मान गरिएको हो।
सर्वदा वाङगमय यूएई प्रतिस्ठानका ‘अध्यक्ष’ तथा प्रवासी नेपाली संघ यूएईका वरीस्ठ उपाध्यक्ष एवम सगंठन बिभाग प्रमुख लक्षमण सापकोटा ‘विकल्प’को शाभापतित्व,साइकल यात्री त्रय दाहाल-बस्नेत र खनालको बिशेष आतिथ्यता,संघसस्थाका प्रतिनिधि-पत्रकार तथा आम सर्वसाधारणको उपस्थितीमा सम्पन्न कार्यक्रमको सन्चालन सर्वदा वाङगमय यूएई प्रतिस्ठानका सचिव चेतन कार्की ले गरेका थिए।
औपचारिक कार्यक्रम सकिए पछी अर्घाखाँची डट्कम् सग कुराकानी गर्दै विश्व उल्टो साइकल यात्री बिरेश प्रशाद दाहालले आफु विश्व घुम्ने क्रममा अहिले सम्म धेरै नेपाली माझ उपस्थित भएर सम्मान पाएको यूएई पहिलो राष्ट्र भएको र यहाँ स्थित नेपाली नामाकरण भएका दुई स्थान लाई आफुहरु पुग्ने देश मा पनि सम्झना गराउदै जाने बताए।उनका अनुसार यूएईको दुबइ राज्यको मुटु बरदुबई स्थित नेपाली चोक र नजिकै रहेको हिन्दू मन्दिर साथै आबुधाबीमा नेपाली ले नामकारण गरेको सर्वदा चोक लाई सदैव स्मरण गर्ने बताए।
यूएईमा रहेका नेपालीले आफुहरु लाई नेपालमै रहेको महसुश गराएको र यहाँ रहदा पाएको माया -सहयोग र सम्मानले आफुहरुको यात्रा लाई झन बल मिलेको उनिहरुको भनाइ छ।नेपाली समाज यूएईको आयोजनामा सम्पन्न कार्यक्रमले सबै माझ सहयोगको सन्देश छरेको र यहाँ स्थित संचारकर्मी एवम यहाँ बाटै प्रकाशन एवम प्रकाशित हुने नेपाली संचार माध्यमले आफुहरुलाई लगाएको गुण अविस्मरणीय रहने साइकल यात्री त्रयले बताए।
स्मरण रहोस् नेपाली समाज यूएईको सम्योजकत्वमा गत ४ मार्चमा दुबइमा यहाँ रहेका बिभिन्न संघसस्थाले नगद करिव १ लाख रुपैया बराबर आर्थिक सहयोग गर्दै खादा तथा सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको थियो।