मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय नागरिकको मृत्यु

पर्वत – प्राप्त समाचार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय नागरिकको आईतबार मृत्यु भएको छ । भारतको चेन्नाई घर भएका ६८ बर्षिय धेनकाना बर्दानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मुक्तिनाथ र कागबेनीको दर्शन गरेर फर्किएका उनको मुस्ताङ जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार थापाले बताए ।

 

थापाका अनुसार उनको हृदय घातले मृत्यु भएको र पोष्ट मार्टमका लागि डाइनेष्टीक हेलिकप्टरबाट काठमाडांको टिचिङ हस्पिटल लगिएको छ ।

अन्य समाचारहरु