नेपाली गणीतज्ञहरुको सस्था ‘एसोसिएसन अफ नेपालीज म्याथम्याटिसिएन इन अमेरिका’ अमेरिकामा बिधिवत दर्ता

-दिपक बस्याल न्यू मेक्सिको


अखाँटा-यूएई डेस्क-अमेरिकामा रहेका नेपाली गणीतज्ञहरुको सस्था त्यहाको स्थानिय स्तरमै दर्ता भएको छ। स्थापना गरेकै बर्ष सो सस्था दर्ता भएको खबर अर्घाखाँची टाईम्स यूएई डेस्क मा प्राप्त भएको छ।


अमेरिकामा रहेका नेपाली गणितज्ञहरुको छाता संगठन ‘एसोसिएसन अफ नेपालीज म्याथम्याटिसिएन इन अमेरिका (ANMA)’ बिधिबत रुपमा अमेरिकाको सेक्रेटरी अफ स्टेट को कार्यालय,इन्डियानामा दर्ता भएको हो।


नेपाली गणित को बृहत्तर उत्थान र उन्नयन गर्ने अभिप्रायले गठित यो संगठन को बिधिबत रुपमै दर्ता भएको कुरा सस्थाका कोषाध्यक्ष डा. गोकर्ण अर्यालले जानकारी दिए।


नेपाली गणित बिज्ञान लाइ प्रयोगात्मक र ब्यबहारिक बनाउन नेपालका गणित संगठन तथा समाज हरु सँग समन्वय गरि यो सस्थाले भाबी दिन हरु मा अर्थपूर्ण भूमिका खेल्ने बुझिएको छ|