नेपाली एकता समाज यूएईका केन्द्रिय प्रतिनिधि गुप्त कुमार के।सि।को बिशेष पहल-सकृयतामा र उनकै प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न गरिएको हो।
सम्पन्न भेलाले ९ सदस्यिय एरिया समिती गठन गरेको छ। गुल्मी देखी यूएईमा आएका गणेश थापाको अध्यक्ष्यतामा गठित सो साबिया समितीमा बाग्लुङका हिरा केसी उपाध्यक्ष, गुल्मीका टोप बहादुर थापा सचिव, प्युठानका तिर्थ राज घर्तीमगर कोषाध्यक्ष, रहेको समिती गठन गरेको हो।
सो गठित समितीका अन्य सदस्य हरुमा मणी कंडेल बाग्लुङ,बिक्रम थापा गुल्मी,खगेस्वर कंडेल बाग्लुङ रहेको र अन्य २ जना वैकल्पिक सदस्य पछी चयन गरिने जनाइएको छ।
सो भेलामा उपस्थित सबैलाई सम्बोधन एवम गर्दै नेपाली एकता समाज यूएईका केन्द्रिय प्रतिनिधि गुप्त केसी ले समसामयिक बिषय बस्तु उपर बिशेष प्रशिक्षण दिएका थिए। कार्यक्रममा बोल्दै पहिला नेपाली र त्यस पछी मात्र जातीजाती क्षेत्र भाषामा ध्यान दिनुपर्ने भन्दै नेपालमा अहिले सघींयता बिरुद्दको आन्दोलन लाई थप उचाइमा पुराउन प्रवासमा बस्ने नेपालीले समेत पहल गर्नु पर्ने बताए।



