– कस्तुप देबकोटा
नुवाकोट एफएम,नुवाकोट
ग्रामीण भेगका आखा रोगीहरुलाई लक्षित गरी नुवाकोटको दुर्गम सिक्रे गाविसमा साचालन भएको आखा शिविरबाट सयौले सेवा पाएका छन् ।
सिक्रे गाविसको ढुंगेडाडामा साचालन भएको शिविरम ६ सय ७१ जनाको आखा परिक्षण गरिएको छ । शिविरमा आएकाहरु मध्ये ६९ जनाको मोतिया विन्दुको शल्याकि्रया समेत गरिएको रामकुमार बगालेले जानकारी दिनुभयो ।
तिलगंगा आखा प्रतिष्ठानको सहयोगमा शिविर शिवपुरी युवा क्लबको आयोजनामा शिविर भएको हो ।