– कस्तुप देबकोटा
नुवाकोट एफएम,नुवाकोट
जिल्ला तथ्याङ कार्यालय नुवाकोटमा राष्ट्रिय जनगणना २०६८ कार्यक्रम साचालन गर्नको लागी आजबाट जिल्ला जनगणना कार्यालय स्थापना भएको छ ।
जिल्लाको जनगणनालाई सहज रुपमा सफल बनाउन कार्यालय स्थापना गरी काम गुरु भएको हो । कार्यालयले जिल्लामा जनगणना कार्यको लागी आवश्यक पत्राचार गर्ने गोष्ठी साचालन गर्ने र प्रचार प्रसार गर्ने बताइएको छ ।
२०६८ साल असार ३ गतेबाट ११ गतेसम्म हुने जन गणनामा ४ सय ५० जना गणकहरु नुवाकोटमा खटिने कार्यालय प्रमुख नवराज लम्सालले जानकारी दिनुभयो । गणकमा अधिकांश सरकारी विद्यालयका शिक्षकहरु रहने बताइएको छ ।