नेकपा एमाले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

– कस्तुप देबकोटा

नुवाकोट एफएम,नुवाकोट

 

नेकपा एमाले नुवाकोटले जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको लागी साचालन गरेको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । मुलुकमा विकसित घटनाक्रम र परिवर्तित विश्व राजनीतिक सन्दर्भबारे जानकारी दिने उद्देश्यले प्रशिक्षण साचालन गरेको एमालेले जनाएको छ ।

 

जिल्लामा पार्टीलाई नया र शसक्त ढंगबाट साचालन गर्न लामो समय पछि पार्टीले प्रशिक्षण साचालन गरेको हो । सहभागीहरुलाई नेकपा केन्द्रीय सदस्य तथा स्कूल विभाग प्रमुख बेदुराम भुषाल पोलिटब्युरो सदस्य महेन्द्र बहादुर पाण्डे परशुराम मेघी गुरुङबागमति अाचल इाचार्ज पुशपति चौलागाईले पार्टीको माक्स्रबादी दर्शन बहुदलीय जनवाद संगठनात्मक सिद्धान्त आठौ राष्ट्रिय महाधिवेशनका फैसलाहरु आदी विषयमा प्रशिक्षण दिनुभएको थियो ।

 

प्रशिक्षणपछि नेकपा एमालेले गाउँगाउँमा संगठन विस्तार तथा सुदृढिकरण अभियान साचालन गर्ने एमालेले जनाएको छ ।

अन्य समाचारहरु