विपरित बालुवा झिक्दा स्थानीय युवाहरुको विरोध

– कस्तुप देबकोटा

नुवाकोट एफएम,नुवाकोट

 

नुवाकोट र रसुवाको सिमा फलाखु खोलामा जथाभावी गिट्टी बालुवा झिकेर पुलको आयु घटाउने काम भईरहेको भन्द्र स्थानीय युवाहरुले विरोध जनाएका छन् ।

 

पक्की पुलको दुवै तर्फ ५ सय मिटर खोलामा बालुवा ढुंगा र गिट्टी निकाल्न नपाइने नियम भए पनि फलाखु खोलामा ठेकेदारहरुले बेत्रावती पुलको बरपर नै बालुबा निकाल्ने काम भएको भन्दै युवाहरुले विरोध गरेका हुन् ।

 

पासाङ ल्हामु मार्गको बेत्रावती पुलको २० मिटर वरपरनै जथाभावी रुपमा ठकेदारहरुले बालुवा निकालि रहेका छन् । तर नुवाकोट र रसुवा दुवै तिरको स्थानीय प्रसासन मौन बसको स्थानीय युवा गणेश श्रेष्ठले बताउनुभयो ।

 

ठेकेदारहरुले प्रसासनलाई पनि पैसाको आडमा किनेकोले नियम विपरित बालुवा झिक्दा पनि मौन बसको आरोप लगाएका छन् । पटक पटक स्थानीय प्रहरी प्रसासनमा खबर गर्दा परि पुल वरपर बालुवा झिक्ने काम बन्द गराउन तर्फ कुनै चासो दिएका छैनन् । 

 
बर्षेनी पुलको वरपर पर्खाल लगायन हजारौ रुपैया खर्च हुदै आएकोमा बालुवा झिक्ने काम बन्द नगरे पुल नै धरापमा पर्ने भएकोले बालुवा निकाल्ने काम बन्द गराउन स्थानीयबासीहरुले माग गरेका छन् ।

अन्य समाचारहरु