– कस्तुप देबकोटा
नुवाकोट एफएम,नुवाकोट
सचार सम्पर्कदेखि टाढा रहेको ग्रामीण भेगहरुमा भिस्याट टेलिफोन सचालनमा आए पछि अहिले नुवाकोटका सर्वसाधारण नागरिकहरु सचारको पहुचमा सहज रुपमा पुगेका छन् ।
मोवाइल पहुच बाहिरका गाउका नागरिकलाई एसटिएम टेलिकमले भिस्याट प्रविधिबाट फोन साचालनमा ल्याएपछि सहज भएको हो । जिल्लाको बुङताङ खरानीटार देउराली किम्ताङ बसुाचेत घ्याङफेदी सामरी लगायतका गाविसहरुमा भिस्याट प्रविधिको टेलिफोन साचालन भई रहेको छ ।
बुङताङमा २२ लाईन टेलिफोन साचालन भएको जानकारी दिदै गाउलेहरु फोन गर्नको लागी सदरमुकाम जान नपर्ने भएको पूर्व गाविस उपाध्यक्ष धनबहादुर तामाङले बताउनुभयो । टेलिफोन साचालक समेत रहेका तामाङले गाउमा टेलिकम र एनसेलको मोवाइलले राम्रो काम नगरेपछि भिस्याट फोन नै लोकपि्रय भएको बताउनुभयो । स्थानीयबासीलाई अहिले स्वदेशमा मात्र होइन विदेमा पनि फोन गर्न सहज भएको छ ।
भिस्याट फोनले अहिले समुन्द्रटारसामरी जिल्लाको दुर्गम भनिने घ्याङफेदी गाउखर्क लगायत गाविसलाई पनि संसारसंग जोडेको छ ।