काठमाडौं – आफ्नो रेस्टुरेन्टमा आएकी अमेरिकी युवतीलाई बलात्कार गरेको अभियोग लागेका ठमेलस्थित पुनम हिल रेस्टुरेन्टका मालिक कमलकुमार थारूलाई काठमाडौं जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
थारूले गत फागुन २३ गते राति ती २४ वर्षीया युवतीलाई मदिरा सेवन गराई अर्धचेत अवस्थामा पुगेपछि आफ्नो कोठामा लगेर दुर्व्यवहार गरेको अभियोग लगाइएको छ ।
त्यसपछि राति नै युवती भागेर अमेरिकी दूतावासमा उजुरी गर्न पुगेकी थिइन् । दूतावासको आग्रहपछि लगत्तै प्रहरीले थारूलाई पक्राउ गरेको थियो ।



