खलंगामा २५ वर्षीया महिलाले आफनै ६ महिने छोराको हत्या

सल्यान – थाहा भए अनुसार   खलंगा ६ स्यानीपनेरी निवासी एक २५ वर्षीया महिलाले आफनै ६ महिने छोराको हत्या गरेकी छिन् ।

२५ वर्षीया चिजमाली बिकले ६ महिने छोरा सुनिल बिकको राति सुतेको समयमा घाँटी थिचेर हत्या गरेकी हुन् । चिजमाया विकले छोराको हत्या गरेको बारेमा केही खुल्न सकेको छैन ।

समय समयमा पागलपनको दौरा पर्ने गर्दै आएकी उनले त्यसैका कारण हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

तीन छोरी रहेकी चिजमाया बिकको सुनिल एक मात्र छोरा हुन् । उनले छोराको हत्या गरेको समेत प्रहरीसामू स्वीकार गरेकी छिन् ।

छोराको हत्या गरेको अभियोगमा अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ भने मृतक सुनिलको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।   

अन्य समाचारहरु