अखाँटा-यूएई डेस्क- नेपालीहरु को महान चाड चैते दसैँको अवसर पारी नेपाली समाज ओमानले अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गरेको छ।अनुशासन-लगनशीलता”गतिशीलताको नारा सहित सुरुगरिएको उक्त प्रतियोगिता गालाको बलदिया खेल मैदानमा गरिएको थियो।प्रतियोगितामा १४ टिमहरुले प्रतिस्पर्धा गरेको जनाइएको छ।
प्रतियोगितामा सहभागी सबै समुहका खेलाडी हरुलाई सभापती गुरुङ ले खादा ओढाएर सम्मान गरेका थिए।प्रतियोगितामा प्रथम-दित्तिय र त्रितिय हुने समुहका लागि खसि,ट्रफि,मेडल तथा प्रमाण पत्र नेपाली समाज ओमनको नवौ वार्षिक जन्मत्सव पारी आगामी १५ अप्रिल तथा नवबर्ष २०६८ को सुभकामना समारोहमा बितरण गरिने निर्णय गरेको जानकारी नेपाली समाज ओमानको कार्यसमितिले दिएको छ ।
आगामी १५ अप्रिल नेपाली समाज ओमानको नवौ वार्षिक जन्मउत्सव तथा नवबर्ष २०६८ को सुभकामना समारोह गरिने जानकारीदिदै सम्पूर्ण नेपालीहरु लाई उपस्तिथी जनाउन सम्पूर्ण लाई नेपाली समाज ओमनले यसै समाचार मार्फत आग्रह अग्रेको छ।



