नुवाकोटका दुई गाविसमा आयुर्वेद स्वास्थ्यसम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

– कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट

 

नुवाकोट – जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय नुवाकोटले जिल्लाका दुई गाविसमा आयुर्वेद स्वास्थ्यसम्वन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

 

आयुर्वेद स्वास्थ्यको हाल साचालित सेवा महिला तथा बालबालिकामा घरेलु उपचार उपचार दुध बढाउने जडिवुटि घरेलु जडिवुटिको सदुपयोग कसरी गर्ने भन्ने बारेमा जानकारी दिन थानसिङ र खानीगाउका महिला स्वास्य स्वयंसेविकालाई सचेतना तालिम दिइएको हो ।

 

तालिममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. राजेन्द्रकुमार गिरी तुलसी श्रेष्ठ नारायण ओस्ती अमिना श्रेष्ठ र रामकृष्ण पौडेलले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

 

नुवाकोट र सिन्धुपाल्चोकका मानव वेचविखन प्रभावित गाविसका युवातिहरुलाई तलाखु गाविसमा  ६ महिने सीपमुलक तथा आयमुलक तालिम दिइएको छ ।

 

माइती नेपालको आयोजनामा चिसापानीमा आयोजित तालिममा नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका २० महिलाहरुको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई स्थानीय समाजसेवी बलदेव केसीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । माइती नेपालका मदनकुमार चौलागाइको सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रममा सहभागीहरुले चेतना मुलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

 

सरकारले यस वर्ष नुवाकोटसहित विभिन्न ३६ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने भएको छ । 

 
चैत १२ र १३ गते चौथो चरणको कार्यक्रम अन्र्तगत दुई वर्ष माथिका सबैलाई हात्तिपाइले विरुद्धको औषधि खुवाउन लागेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि ६ वर्षसम्म अभियानका रुपमा औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दुई वर्ष भन्दा मुनीका बालबालिका गर्भवती महिला सातदिन भित्रको सुत्केरी र निर्घरोगका औषधि सेवन गरिरहेकाहरुले यो औषधिको सेवन गर्न नहुने जानकारी दिइएको थियो ।

 

जनस्वास्थ्य निरीक्षक प्रदिप रिमालका अनुसार नुवाकोटका १० प्रतिशत मानिसमा यो रोगको संक्रमण भएको अनुमान गरिएको छ । कार्यालयले चेत १२ र १३ गते घरघरमा औषधि वितरणका लागि जिल्लाभर १६ सय स्वायंसेविकाहरु खटाएको छ ।

 

चतुराले गाविसका तीन जना महिला स्वयंसेविकाहरुलाई आज सम्मान गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित तीन दिने कार्यशाला गोष्ठीका अवसरमा उतृकष्ठ सेवा दिने विन्दा थपलिया पविता बलामी र सीता तामाङलाई चतुराले हेल्थपोष्टका प्रमुख जीवन भट्टराईले एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो ।

अन्य समाचारहरु