– उमाकान्त पाण्डे गाउले
नेपाली कांग्रेसको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसम्पर्क समिति यूएईको आयोजनामा यही मिती २२ अप्रिल २०११ शुक्रबारका दिन बनभोज कार्यक्रम हुने भएको छ।यूएईको रमणिय स्थल अलऐनमा सो बनभोज कार्यक्रम हुने भएको हो। गत शुक्रबार आबुधाबीमा जनसंपर्क समितीका केन्द्रिय तथा सम्पूर्ण क्षेत्रिय समितीका पदाधिकारीहरुको एक भेलाले गरेको निर्णय अनुसार सो बनभोज कार्यक्रम आयोजना गर्न लागिएको हो।
साथै सो बनभोज कार्यक्रमका लागि राजकुमार रानाभाटको सयोजकत्वमा ८ सदस्यिय सम्योजक समिती समेत गठन गरेको छ।
सो समितीका सदस्यहरुमा दुबइ क्षेत्रमा मनोज गोर्खाली,गोपाल कंडेल,राजु पाण्डे,आबुधाबी क्षेत्रका लागि कृष्ण गौतम,दान बहादुर जि.सि.,नारायण थापा,शारजाह क्षेत्रमा शालिक राम पन्थी तथा अलऐन क्षेत्रका लागि रुद्र भट्टराई लाई जिम्मेवारी दिईएको छ।
सम्योजक समितिले प्रचार प्रसारको लागि गोपाल प्रसाद कंडेलको सम्योजकत्व र भुवानी तिमिल्सिनाको सह सम्योजकत्व समिती समेत बनाएको छ।
सो कार्यक्रम सम्बन्धी बिस्तृत जानकारीका लागि नेपाली जनसम्पर्क समिति यूएईका सम्पुर्ण सदस्य हरु तथा तल उलेखित नम्बर हरुमा आम सम्पूर्ण यूएई बासी नेपाली हरुमा अनुरोध समेत गरिएको छ।
सो बनभोज कार्यक्रम सम्बन्धी आबश्यक जानकारी आबश्यक परेमा दुबइ : राजकुमार राना भाट (०५० ५३१०८७८),मनोज गोर्खाली(०५६१४२९३९७),गोपाल कंडेल(०५५ ५५७८१५८),राजु पाण्डे(०५५ ९८६५१४३),आबुधाबी:कृष्ण गौतम(०५० ७४१३६८६),दान बहादुर जि.सि.नारायण थापा(०५५-७५७८४२८),शारजाह:शालिक राम पन्थी (०५०-७०६१४५५/०५५-८१७४४८१,)अल ऐन: रुद्र भट्टराई (०५०-६६५२३१२)संपर्क गर्न सकिने जनाइएको छ।
सो बनभोज कार्यक्रममा सहभागी हुन चाहनुहुने उत्सुक सबै प्रवासी नेपाली दाजु भाई दिदि बहिनीहरुमा आगामी अप्रिलको पहिलो साता भित्र सम्म नाम दर्ता गराउन यसै समाचार मार्फत बिशेष अनुरोध समेत गरिएको छ।



