-उमाकान्त पाण्डे गाउले
अखाँटा यूएई डेस्क-नेपाली कांग्रेसको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसम्पर्क समिति युएईले आफ्नो स्थापना पस्चात आफुलाई विस्तारित गर्ने क्रममा गत शुक्रबार सारजाह क्षेत्रिय समिती गठन गरेको छ।
यही शुक्रबार १८ मार्च २०११ का दिन सारजाह क्षेत्रिय समिती गठन गरिएको हो।
समिती गठनका लागि गठित समन्वयव समितीको उपस्थितीमा सारजाहको अल जजिरा पार्कमा बसेको बैठकले बिष्णु थापाको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती गठन गरेको समन्वयब समितीका सम्योजक शालिक राम पन्थीले जानकारी दिएका छन।
आफ्नो समिती विस्तार गर्ने क्रमसग्ङै सारजाहमा गठन गरिएको यो क्षेत्रिय समिती चौथो समिति हो।सो गठित समितीका पदाधिकारीहरुमा उपाधक्षय द्वय पूर्ण सापकोटा,कुमार बुढाथोकी,सचिव चिरन्जिवी न्यौपाने,सह-सचिव यजराज भट्ट,कोषाध्यक्ष राम बहादुर क्षेत्री रहेका छन।
अन्य सदस्यहरुमा भक्ति राइ,प्रेम बहादुर थापा,मोहन लिम्बु,डिलाराम कंडेल रहेका छन भने अन्य बाँकी सदस्य तथा सलाहाकार समितिको चयन गर्दै सामाजिक सेवा सगैं स्थानिय स्तरमा नेपाली हरुलाई पर्न सक्ने आपतकालिन समस्यामा सक्दो सहयोग गर्दै जनपहुच सम्म पुग्ने जानकारी नव गठित अध्यक्ष बिष्णु थापाले जानकारी दिए।



