– कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट
नुवाकोटको बेलकोट गाविसबाट आलु बोकेर काठमाडौंतर्फ गइरहेको बा १ ख ९१५४ नम्बरको मिनिट्रक हिजो बेलुकी मुड्खुमा दुर्घटना हुदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । मिनिट्रक दुर्घटनामा परी चालक सहित चार जना घाइते भएका छन् ।
पासाङल्हामु मार्गको काठमाडौं-त्रिशूली सडक खण्डको गोलढुंगा गाविसको मुड्खुमा दुर्घटना हुदा बेलकोट – ३ धमलेकी २४ बर्षिया सिर्जना पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मिनिट्रक चालक प्रकाश हमाल सहित चार जना घाइते भएका छन् ।
घाइते चारै जनाको बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार भईरहेको छ ।