नेपाली समाज यूएई आबुधाबी क्षेत्रीय समितीको अधिवेशन नयाँकार्य समिती गठन गर्दै सम्पन्न

– उमाकान्त पाण्डे गाउले


अखाँटा-यूएई डेस्क) – नेपाली समाज यूएई आबुधाबी क्षेत्रीय समितीको अधिवेशन नयाँकार्य समिती गठन गर्दै गत शुक्रबार आबुधाबीमा सम्पन्न भएको छ। गत जनवरी २८ मा सम्पन्न समाजको केन्द्रिय निर्वाचन पछी बनेको नयाँ केन्द्रिय समितीले क्षेत्रिय समितीहरु पुनर्गठन लाई तिव्रता दिने योजना अनुरुप पहिलो पटक आबुधाबी क्षेत्रिय समितीको अधिवेशन गर्दै नयाँकार्य समिती चयन गरेको हो।

 



नेपाली समाज यूएई सँग आबद्द संघसस्थाको उपस्थितीमा सम्पन्न अधिवेशनले खोटाङग हलेसीका सुर्य गिरि(प्रवासी संघ यूएईका)को अध्यक्षतामा नव कार्यसमिती गठन गरेको छ जस्को उपाध्यक्ष द्वयमा क्रमश: अर्घाखाँची खनदहका रवी खनाल (जन प्रगती शिल मन्च यूएई),काभ्रे पनौतिका दिपक खडका(प्रवासी संघ यूएई), कोषाध्यक्ष गोरखाकी सरिता आलेमगर (मगर संघ यूएई), सचिव झापाका रघु बराल ( जनप्रगतीशिल मन्च यूएई)निर्बिरोध चयन गरेको छ।

अधीवेशनमा अध्यक्ष पद बाहेक अन्यमा आबश्यक पद भन्दा बढीको उम्मेदवार नपरेको भएपनि अध्यक्ष पदका लागि भने सुरुमा निकै प्रतिस्पर्धा हुने बातावरण थियो। जसमा कर्ण विस्ट,सुर्य गिरि निवर्तमान समितिका कोषाध्यक्ष गुन्जमान गुरुङले उम्मेदवारी दर्ता गराएका थिए। समन्वयब समिती तथा नेपाली समाजको केन्द्रिय प्रतिनिधि मन्डलले सहमतीका लागि पहलमा अध्यक्ष पदका प्रत्यासी द्वय गुरुङ र विस्टले आ-आफ्नो उम्मेदवारी फिर्ता लिए पछी समाजको छेत्रीय समिती निर्वीरोध गठन भएको हो।

 



समिति अन्तर्गत रहने क्षेत्रिय सदस्य तथा सल्लाहकारको चयन नवगठित समितीको आउदो भेलाले गर्ने जनाइएको छ। अधिवेशनको पहिलो चरणमा बिधिवत पुरानो समिती भङग को घोषणा तथा बन्द सत्र सँगै उम्मेदवारी-उम्मेदवारी दावी,उम्मेदवार उपर दावी बिरोध लगायतका प्रजातान्त्रिक मान्यता अनुरुप सन्चालन गरिएको थियो। सो नयाँकार्य समिती गठन तथा आबश्यक सम्पूर्ण ब्यबस्था मिलाउन समाजका निवर्तमान केन्द्रिय अध्यक्ष यम प्रशाद तमुको सम्योजकत्वमा गठित नयाँ कार्य समिती गठन समन्वयब समितीले बिशेष योगदान दिएको थियो जस्को अन्य सदस्यमा जनजाती महासंघका भुवन राइ,पत्रकार जेपी सापकोटाले समन्वयब कारी भूमिका निर्बाह गरेका थिए।


मार्च १८ शुक्रबारका दिन सम्युत्त अरब एमिरेट्स यूएईको राजधानी आबुधाबी मदिनाजायद स्थित केरेला सोसियल सेन्टरको शभाहलमा केन्द्रिय समितीका उपाध्यक्ष भरत राना मगरको सम्योजकत्व तथा केन्द्रिय सचिव उमाकान्त पाण्डे गाउले तथा केन्द्रिय सदस्य द्वय अभीनारायण अधिकारी, र शिवलाल विश्वकर्माको बिशेष सकृयतामा सो समिती गठन गरिएको हो।

 



नेपाली समाज यूएईको नव गठीत निर्वाचित केन्द्रिय समितिको गत ४ मार्चमा सम्पन्न पहिलो बैठकको निर्णय अनुसार केन्द्रिय उपाध्यक्ष भरत राज राना मगरको सम्योजकत्वमा दिएको जिम्मेवारीलाई सो समितिले कार्यन्वयन गरेको हो।


यस् अघी रहेको समाजको आबुधाबी क्षेत्रिय समितीको पुरानो कार्यसमिती लाई बिधानत: भङग गरी नयाँ कार्यकारी समिती गठन गरिएको हो। सो अधिवेशन लाई दुई चरणमा सन्चालन गरिएको थियो।


समाजको निवर्तमान क्षेत्रिय समितीका अध्यक्ष गोपाल थापाको शभापतित्व,निवर्तमान केन्द्रिय अध्यक्ष यम प्रशाद तमुको प्रमुख आतिथ्यता,जनजाती महासंघ यूएईका अध्यक्ष भुवन राइ,प्रवासी नेपाली संघ यूएईका वरिस्ठ उपाध्यक्ष एवम संगठन बिभाग प्रमुख तथा सर्वदा वाङगमय यूएई प्रतिस्ठान यूएईका अध्यक्ष लक्षमण सापकोटा,अनेसास यूएई च्याप्टर का प्रतिनिधि वसन्त मोहन अधिकारी, जनसंपर्क समितिका केन्द्रिय अध्यक्ष चित्र केसी,जनप्रगती शिल मन्च यूएईका केन्द्रिय महासचिव श्याम परिवार पत्रकार जेपी सापकोटा,एवम नेपाली समाज यूएईमा आबद्द बिभिन्न संघसस्थाका प्रतिनिधि-बुद्दीजिवी एवम अत्यधिक नेपाली सर्वसाधारणको उपस्थितीमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनमा पुरानो कार्यसमिती सँग रहेको आर्थिक प्रतीवेदन विवरण समितिका कोषाध्यक्ष गुन्जमान गुरुङ तथा समाजको प्रगती विवरण तथा २ वर्ष सम्मको प्रगती विवरण समितिका अध्यक्ष रामगोपाल थापाले पढेर सुनाएका थिए। थापा नेपाली समाज आबुधाबी क्षेत्रिय समितीमा २ कार्यकाल अध्यक्ष पदमा रही कार्यरत सफल समाजसेवी हुन।
 
 
 
                 तस्विर : उमाकन्त पाण्डे गाउले र जेपी सापकोटा – अर्घाखाँचीडट्कम, यूएई डेस्क