नेपाली काङ्रेसका स्व.नेताद्वयको सम्झनामा अमेरिकामा श्रदान्जली सभा


 

– देव गौतम

 

न्यूयोर्क, अमेरिका । नेपाली काङ्रेसका सस्थापक नेता स्व.कृष्ण प्रशाद भट्टराई को १३ औ दिनको पुन्य तिथी तथा अर्का नेता स्व.गिरिजा प्रशाद कोइरालाको वार्षिक पुण्य तिथीको अवसरमा गत २० मार्च आइतबारका दिन अमेरिकाको न्युयोर्कमा श्रदान्जली सभाको कार्यक्रम गर्दै नेताद्वयलाई श्रदा सुमन अर्पण गरिएको छ।

 



अमेरिकाको न्यूयोर्क सिटीमा रहेको कुइन्स, उडसाइडमा आयोजित सो श्रदान्जली सभामा भाबपूर्ण श्रदासुमन अर्पण गर्न न्यूयोर्क स्थित नेपालीहरुले नेता द्वयको मुत्त कठंले प्रशशां समेत गरेका थिए।


 

नेपाली काग्रेंश जनसंपर्क समिती न्यू योर्क च्यापटरको आयोजनामा आयोजित सो शोक सभा कार्यक्रममा बिभिन्न दल सँग आस्थावान ब्यत्तीहरु, बिभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, बिद्यार्थी, शुभचिन्तक तथा न्यूयोर्कमा बसोबास गर्ने अन्य प्रभासी नेपालीहरुको बाक्लो उपस्थिती रहेको अर्घाखाँची टाईम्सलाई खबर प्राप्त भएको छ।

 





                             Editing by Umakanta Pandey in Dubai.