दुबइमा एक नेपालीको मृत्‍यु

उमाकान्त पाण्डे गाउले


२२ मार्च-दुबइ- अल्कुज-सम्युत अरब एमिरेट्स यूएईको दुबईमा एक नेपाली कामदारको मृत्‍यु भएको छ। रोजगारको शिल्शिलामा गत ३ वर्ष अघी यूएई आएका पाल्पा मलाम गावीस वार्ड नम्बर ४ का मोती राम सोतिको मृत्‍यु भएको हो।


यहाँ स्थित हेन्सी एलएलसी नामक म्यानपावर सप्लाई कम्पनीमा क्लिनर सहायकको रुपमा कार्यरत सोती गत आइतबार राती राम्रै सँग खाना खाइ सुतेका र बिहान उनी सुतेकै विस्तारामा मृत् अवस्थामा भेटीए पछी कारण रहस्यमय बनेको छ।


मृतकको घरमा २ छोरी,१ छोरा,र १ श्रीमतीका साथमा बुवा आमा रहेको सोही कम्पनीमा कार्यरत उनका आफ्नै भान्जा तुलाराम लुंगेलीले जानकारी दिए।


यही मार्च २५ तारिख उनी आएको ३ वर्ष पुगी तीन वर्षे आवसिया भिसा सकिएकोले भिसा नवीकरण नगरि अप्रिल ३ तारिखलाई अब सोही स्थानमा नफर्किने गरी नेपाल फिर्न कम्पनीले टिकट समेत बनाइसकेको अवस्थामा भएको उनको निधनले अहिले उनी कार्यरत रहेको कम्पनीका काम्दार बसोबास गर्दै आएको दुबइ अलुक्ज स्थित मज्दुर क्याम्पमा सन्त्रास छाएको छ।


मृतक मोती राम सोतीको शबलाई सोमबार बिहान दुबइ पुलिसले पोस्टमार्टमका लागि अल रशिद अस्पतालमा लगेको तथा यो समाचार तयार पार्दा समेत पोस्टमार्टम विवरण प्राप्त नभएको जनाइएको छ।


अहिले सम्म थाहा भए अनुसार कम्पनीले सक्दो छिट्टो सबै कानुनी प्रकृया पुरा गरी शब नेपाल पठाउन खोजेकोले कम्पनीकै सकृयतामा नेपाली राजदुतावास सम्म जानकारी पुराइ सकेको कम्पनीको मज्दुर क्याम्पमा सुरक्षा सेक्युरिटी गार्ड काम गर्दै आएका लमजुङका आइत बहादुर गुरुङले फोन संपर्कमा जानकारी दिए।


कम्पनीको कामको शिलशिला भन्दा बाहिर हुने यस्ता प्रकृतिका मृत्‍युको उचित क्षतीपुर्ती तिर्न नपर्ने भएकोले खाडीराष्ट्रमा हुने यस्तै खालका मृत्‍यु प्रकरण को कारण प्राय:हृदयघात भनी सम्बन्धित निकाय तर्किन खोजेको आरोप लगाइने गरिन्छ।