यूएईमा चौतारी समुह नामक अर्को सस्था जन्मियो

-उमाकान्त पाण्डे गाउले


अखाँटा-यूएई डेस्क-२३-मार्च-सम्युत्त अरब एमिरेट्स यूएईमा अर्को एक नयाँ सस्थाको उदय भएको छ। चौतारी समुह यूएई नाम दिईेएको समुह यहाँ कार्यरत नेपालीलाई आइपर्ने समस्या लाई समाधान गर्दै सामाजिक सेवा गर्ने उद्देश्यले समुह स्थापना गरिएको हो।


यूएईको सन्धर्भमा के कसरी सामाजिक सेवा गर्न सकिन्छ र कस्ताखालका गतिबिधी गर्दा प्रभाबकारी हुन्छ’ लगायतका बिषयमा गत जनवरी देखी सुक्ष्म अध्ययन र बिश्लेशण गरी समुह निर्माण गरिएकोहो।


यूएईको आबुधाबी बनियास पार्कमा प्रवासी नेपालीको बाक्लो जमघटका बिच चौतारी समुहको स्थापना गरिएको हो।



गठित समुहको अध्यक्षमा बुद्दीलाल तमाङग,नारायन सुनुवार, सचिव रबिन्द्र अछामि,सह-सचिवमा जनार्दन यादव, कोषाध्यक्षमा द कैलाश राइ,सास्कृतिक बिभाग प्रमुखमा देव राना मगर,खेलकुद बिभाग प्रमुखमा अशोक मुधमार र सल्लाहकारमा तुङगा प्रशाद खनाल रहेका छन। जस्को सदस्यहरुमा रुपधन मुधमार, जितेन गुरुङ, तिलक राम र शिवा पूजान रहेको जनाइएको छ।


समुहले सामाजिक सेवाका लागि सास्कृतिक तथा खेलकुद लगायत बिभिन्न गतिबिधी गरी आफ्नो अभियान लाई सफल बनाउने र निकट बबिश्यमै माउ सस्था नेपाली समाज यूएईमा आबद्द हुँदै अघी बढ्ने योजना रहेको समेत समुहले जनाएको छ।



समुहलाई स्थापना गर्ने अवधारणा लाई अध्ययन गरिरहेको समयमा यूएईमा आइपुगेका विश्व उल्टो साइकल यात्री बिरेश प्रशाद दाहाल उनका सहयोगी बबिन बस्नेत, तथा विश्व सुल्टो साइकल यात्री जनार्दन खनाल लाई सहयोग स्वरुप १ सय ५० धिराम्श प्रस्तावित चौतारी समुहले सहयोग गरेको थियो।


स्मरण रहोश:सो चौतारी समुहले गत मार्च ४ तारिखमा नेपाली समाजको सम्योजकत्वमा आयोजित कार्यक्रममा सस्थाको प्रतिनिधि उपस्थिती हुन नसकेको भन्दै साइकल यात्री त्रय लाई सहयोग रकम समाजसेवी-पत्रकार मान बहादुर थापाको नाममा बैकं मार्फत पठाई सहयोग समेत गरेको थियो।


हाल यहाँ अन्दाजी ८० भन्दा बढी संघसस्था रहेको अनुमान गरिन्छ तर एकिङ विवरण कसै सँग पनि छैन।

सघंसस्था खोल्ने होडबाजी नै चलिरहेको यो सन्धर्भमा नयाँ सस्था खोलिनु आँफैमा खाश केही नभएपनी सस्थाले निभाउने सामाजिक जिम्मेवारिता बाट त्यसको औचित्य देखिने हुँदा स्थापना गरिका सघसस्थाले उदाहरणीय कार्य गरी देखाएमा सबैको भलो हुने थियो कि ?