आन्तरिक बिवाद र आर्थिक संकटका कारण बन्द भएको माओवादी मुखपत्र जनदिशा दैनिक सुचारु


 

काठमाडौं  – थाहा भए अनुसार आन्तरिक बिवाद र आर्थिक संकटका कारण बन्द भएको माओवादी मुखपत्र जनदिशा दैनिक सुचारु हुने भएको छ ।

उक्त प्रकाशनका अध्यक्ष महेश्वर दाहालका अनुसार पत्रिका शुक्रबारदेखि पुनः प्रकाशन हुनेछ । पत्रिकाले अध्यक्ष पुष्पकमल दाहालभन्दा उपाध्यक्ष मोहन बैद्यलाई प्राथमिकता दिएको भन्दै संस्थापन पक्षले पत्रिकाको आर्थिक संकटबारे बेवास्ता गरेका कारण नौ दिन बन्द भएको थियो । जनदिशामा बैद्य पक्षका पत्रकारको बाहुल्यता छ ।

 

 ‘नयाँ व्यवस्थापन गर्ने तयारी गर्न बन्द गरेका थियौ’ दाहालले भने, ‘शुक्रबारदेखि पहिलेजस्तौ प्रकाशन हुनेछ ।’ पत्रकार र अन्य कर्मचारीले नपाएको तीन महिनाको तलब बिहीबार पाएका छन् ।

 

 त्यस्तै आथिंक संकटका कारण अर्को मुखपत्र जनादेश साप्ताहिक पनि चार पेज श्यास्वेत छापिन थालेका छ ।

 

जनादेशले अकर्मा उपाध्यक्ष बाबुराम भट्टराईको पक्षमा वकालत गरेको भन्दै पार्टीले आर्थिक रुपमा बेवास्ता गरेको श्रोतको भनाइ छ । माओवादी नेताका पत्रिका भने निरन्तर चलिरहेका छन् ।

अन्य समाचारहरु