विराट ओभरसिज, लक्की ओभरसिज, फ्युजन इन्टरनेशनल, ह्युमर ओभरसिज र शेर्पा इन्टरनेशनल लगायत मेनपवार कम्पनीमार्फत विभिन्न समयमा सो गार्मेन्ट कम्पनीमा आएका झण्डै दुई सय नेपालीहरु एक महिनाअघिदेखि बिनाकाम अलपत्र परेका थिए । अलपत्रमध्ये १३ जना यसअघि नै नेपाल फर्कीसकेका छन् । नेपाल फर्कीनेमध्ये दुई जना बिरामी भएर फर्कीएका थिए । अलपत्र नेपालीमध्ये बसंख्यक काम गर्ने तयारीमा छन् भने केही फर्कने तयारीमा रहेका छन् । तर उनी हरु को दैनीय इस्थिति अत्यंत नाजुक रहेको छ
उक्त कम्पनीले करिब दुई सय नेपाली कामदारलाई करिब एक महिना अघि बिना सूचना कामबाट निकालेको थियो । केही दिनअघिसम्म पनि कम्पनीले कामबाट किन निकाल्यो भन्ने स्पष्ट हुन सकेको थिएन । तर, मेनपावर प्रतिनिधि लामाले भने व्यापारमा आएको मन्दीका कारण सो कम्पनीले डेढसय नेपाली कामदारहरुलाई कामबाट निकालेको दाबी गरे । तेस्तै उक्त घटना को मलेसिया इस्थित नेपाली संघ संस्था हरु ले बिरोध जनाएका छन र अलपत्र नेपालीको समस्या समाधानबारे सेरी गार्मेन्ट कम्पनी पक्ष र दुतावासबीच सोमबार छलफल हुनेसमेत बताइएको छ ।



