– उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स यूएई डेस्क) – दुई मन एक भए पछी बैबाहिक जीवनमा बाधीएका नव जोडी लाई केटी पक्षका तर्फ बाट केटा पक्षका सपरिवारको ज्यान मार्ने धम्की दिएका छन।अन्तरजातिय विवाह गरेको आरोपमा केटी पक्षका तर्फ बाट केटीका बुवाले आफ्नो छोरी भागएर लैजाने त्यसलाई त बाँकी राख्दिन राख्दिन मेरो छोरी र त्यसका सबै परिवारलाई मारिदिन्छु भन्दै आवेशमा आए पछी अहिले निजका घरपरिवार त्रासमा छन।
करिब एक बर्षे प्रेम सम्बन्ध पछी बैबाहिक जीवनमा बाधिएका स्याङजा दरुङ, गाविस ५ नयाँगाउ घर भएका रमेश नेपालीले बल्देलचोर २ पोखराकी सपना तमाङ लाई अहिले जात नमिलेको आरोपमा सपनाको माइती तर्फ बाट बिरोध मात्र होइन उनका बुवा द्वारा परिवारलाई मात्र नभई छोरी ज्वाईको समेत ज्यान मार्ने धम्की दिएको जनाइएको छ।
केटी पक्षको तर्फ बाट गत शुक्रबार आफ्नै आमा छोरीज्वाइका घर गएर जे जस्तो भए पनि छोरी ज्वाँई खुशी रहेमा आफुहरु लाई आपत्ति नहुने भनेर सहमती गरी सपनाकी आमा फर्किएकी र उनी गएको एक घण्टा नपुग्दै सपनाका बुवा राम कुमार तमाङले आफ्नी छोरी लाई फिर्ता नगरे सपरिवार लाई यसै हप्ता भित्र सखाप पार्ने र सबै लाई सोत्तर बनाउने भन्दै फोन संपर्क मार्फत थर्काएको रमेश नेपालीका मामा ले अर्घाखाँची टाईम्स सँग जनाए ।
प्रेम सबन्ध गरी बैबाहिक जीवनमा हालै बाधीएका रमेश र सपना ले विश्व समाचार अन्लाईन अर्घाखाँची टाईम्सको यूएई डेस्कमा आज साझ फोन गरी आफ्नो परिवारको रक्षाका लागि आवाज उठादिन समब्न्ध समबै पक्ष लाई अपिल आग्रह गरेका छन।मलाई जन्मदिने बुवा ले मलाई वा मेरो श्रीमान सहित परिवार लाई ज्यान मार्ने धम्की दिए पनि शुखदु:खमा साथ दिने वाचाका सहित आफ्नो जिन्दगीमा एक पटक गरिने निर्णय गरेको ले आफुहरु एक कदम पनि पछी नहट्ने सपनाले बताइन। अब मर्नुपरे पनि म मेरै श्रीमानको घरमा मर्छु भन्दै सपनाले अघी थपिन’कुनै पनि हालतमा मैले धोका दिन सक्दिन’।
छोराले आफ्नो चाहना अनुसार आफुले मन पराएकी केटी लाई विवाह गरी ल्याएपछी बुहारी पाएकोमा खुसी भएका रमेश नेपालीका बुवा खेम बहादुर सार्की,आमा हिरा सार्की र कान्छी भाई प्रबिन नेपाली अहिले त्रासमा रहेका छन। यस् सम्बन्धमा उनिहरुले प्रहरी सामु उजुरी गरिसकेको यूएईमा कार्यरत रमेशका मामा धनविर सार्कीले जनाए।
धनविरकै सहयोगमा अर्घाखाँची टाईम्सको यूएई डेस्कमा पिणित सपना र रमेश ले फोन संपर्कमा सबै जानकारी गराए पछी यो समाचार तयार पारीएको हो। सपनाको बुवाले शुक्रबार राती ९८४६३६३४५९ मा फोन गरी अन्तरजातिय विवाह गरेकोले अब तिमीहरु कसैको ज्यान लाई मैले त्यसइ छोड्ने छैन लगायतका अन्य अश्लील शब्द मार्फत गाली ग्लोज गरेको जनाइएको छ।
स्मरण रहोस केही हप्ता अघी नेपालका संचार माध्यमले जनाए अनुसार बाग्लुङमा प्रेम सम्बन्ध पछी अन्तजातिय विवाह गरेका एक दलित विक परिवारको जोडी लाई केटी पक्षका तर्फ बाट स्वीकार गर्न नसकेको कारण २ जना नवजोडीले नदीमा हाम फाली आफ्नो हत्या गरेका थिए। यस्ता अकल्पनिय घटना हुन नदिन पनि समाज र सम्बन्धित पक्ष समयमओ सचेत हुनुपर्ने देखिन्छ अन्यथा यस्ता घटना नदोहोरिएलान भन्न सकिन्न।



