-उमाकान्त पाण्डे गाउले






दुतावासद्वारा दिएको अख्तियारी पत्रका सम्बन्धमा चर्काचर्की, राजदुतद्वारा पत्रकारलाई क्यामरा प्रयोगमा रोक
यसैबिच औपचारिक कार्यक्रम सकिनै लाग्दा यूएईका लागि नेपाली राजदुतले आफुलाई अन्याय गरेको भन्दै समाज तथा उपस्थित सबैको रोहबरमा आफुलाई न्याय दिलाउन युएईस्थित गोर्खा कन्स्ट्रक्सन प्रालि तथा गोर्खा फुडस्टफका प्रवन्ध निर्देशक चुडामणि ढकालको प्रसँगमा उठेको बिषयले दुतावासको सभा हलमा केही समय चर्काचर्की बहस समेत भएको थियो।
उपस्थित प्राय सबैले पिणितको गुनासो सुन्नैपर्ने आग्रह गरे पछी कार्यक्रम सकिएको र कार्यक्रमको सिमा भन्दा बाहिर नजाने भन्दै हल बाट बाहिरिनलागेका राजदुत थापा गुनासो सुन्न मन्जुर भए र पुनह आशनमै बसे पछी बहस चर्काचर्की हुन पुग्यो।
ढकालले आफ्नों कम्पनीमा कार्यरत इन्जिनियर राधेश्याम भगतको श्रम संबन्धि मुद्धामा सहयोग गर्न एक व्यक्ति विशेषलाई दुतावासले अख्तियारी पत्र प्रदान गरेको र सो पत्रलाई माध्यम बनाएर आफ्नो व्यक्तिगत टेलिफोनकल,साझेदारी हिस्साजस्ता नितान्त निजी मामलामा(जुन यहाँको कानुन अनुसार कम्पनी संचालकको अनुमती बिना वा सोधपुछ नगरि दिने मिल्दैन)समेत हस्तक्षेप गरेको आरोप लगाए।
कथित पिणित भगतको बिषयमा गत मार्च ११ तारिखमा बर दुबइ स्थित नेपाली समाज लगायत यहाँस्थित बिभिन्न संघ सस्थाको उपस्थितीमा आयोजित एक कार्यक्रममा पिणित भनिएको भगत,कम्पनी मालिक ढकाल र सो सम्बन्धमा समाचार लेखेका सेष नारायण झा बिच सामुहिक छलफल गरिएको त्यस सम्बन्धमा एक पक्षिय समाचार लेखिएको भन्ने ढकालको आरोप लाई नेपाली राजदुतावास बाट पाएको पत्र का आधारमा सबै खोज अनुसन्धान गरी समाचार लेखेको र यदी ढकालले त्यो होइन भन्ने प्रमाण देखाउन सके २४ घण्टा भित्र अर्को समाचार लेख्ने बताएको तर हप्ता भन्दा बढी दिन बित्दा समेत त्यसो नगरिएको पिणित ढकालको भनाइ छ।
कार्यक्रममा दुतावास बाट पाएको पत्रका आधारमा आफुले रशिदिया स्थित दुबइ पुलिस प्रशासन बाट व्यक्तिगत टेलिफोनकल,इकोनोमिक डिपार्टमेन्ट मार्फत साझेदारी हिस्साजस्ता नितान्त निजी प्रायोजनका कागज पत्र समेत प्राप्त गरेको र थप प्रमाण आफु सँग भएको झा ले बताए पछी आफु लाई फसाउने मनासयमा दुतावासले ब्यात्ती बिशेष लाई दिएको अधिकारिक पत्र ले झन शशकित बनाएको ढकालको भनाइ थियो।
यदी म गलत नै थिए भने पनि म यूएईमै रहेको अवस्थामा समेत एकपटकसम्म नसोधिकन कुन कानुन र नियम अनुसार एउटा व्यक्ति बिशेषलाई मेरो मुद्धा हेर्ने अधिकार प्रत्यायोजन गरियो?’उनले राजदुतसाग प्रश्न गरे’जवाफमा राजदुत थापाले आक्रामक शैलीमा हुँ आर यु? यदी मैले तिमी लाई सोधे भने तिमी म सँग झगडा गर्छौ र थर्काउन खोज्छौ त्यसर्थ ‘कोही भिक्टिम भएर आउछ भन्ने त्यसलाई लेटर दिने वा नदिने भन्ने मेरो अधिकारको कुरा हो …… म यो देशकोलागि नियुक्त एम्बेस्डर हो। तिमी को हौ र मैले तिमीलाई सोध्नु पर्ने ……भन्दै ढकालले आफु नेपाली भएको र नेपालीको सेवाका लागि खटिने दुतावासले नेपालीकै हित विपरित कामगरेको यो घटनाले देखाएको हुँदा दुतावास बाटै नेपाली सुरक्षित नभएको उनले दाबी गरे।
ढकालले आफ्ना कामदार भगतले नक्कली कागजात गरी यहाको सरकारी निकाय -इकोनोमिक डिपार्टमेन्ट मा स्वयमले आफ्नो नाममा कम्पनीको लेटर प्याड र स्ट्याम्प प्रयोग गर्दै हस्ताक्षर गरी नो अब्जेक्सन लेटर माग गरेकोमा हस्ताक्षर नमिलेको भन्दै विभागबाट फिर्ता गरिएको कागजात समेत देखाउदै यती हुँदा हुँदै पनि यदी म साच्चिकै गलत नै भएको भए उजुरी परेको म विपक्षी लाई एक पटक सोध्नु पर्थ्यो कि पर्थेन?राजदुत माथि प्रश्न गर्दै अगाडि थपे ‘मलाई समाज दूतावास र यहा भेला भएका तपाइहरुले न्याय दिनुहोस्,न्याय नपाए म प्रधानमंत्री तथा अख्तियारमा गएर भए पनि उजुरी गर्छु’ भनेपछि राजदूत थापा झन आक्रामक शैलीमा देखिए।
मलाई सोझो र सिधा ठानी हात बाधेर राखेको देखे पछी अहिले समाजको अगाडि अपमान गरिदै छ,म मेरो पावर देखाउ भन्दै अगाडि भएको टेबलमा हात बजार्दै ‘म युएईका केही व्यक्तिबाट पटक पटक आक्रमित भएको छु,काग्रेशको आए माओवादीको भन्ने माओवादीको आए एमालेको भन्ने,एमालेको मान्छे आए काग्रेशको मान्छे भन्ने,मेरो विरुद्धमा खनिन्छ,सधैं मेरो विरोध गरिन्छ।म एउटा कर्मचारी हु,मेरो अधिकार म प्रयोग गर्न स्वतन्त्र छु,ढकाल लाई ईङगित गर्दै उनले थपे।’
अर्को व्यक्ति जसलाई मैले अधिकार दिएको छु,दुरुपयोग गर्यो भने लिएर आउनुस् म छानविन गर्छु वा त्यो माथि कार्वाही गरियोश भनेर निवेदन आओश मैले के गर्नु पर्छ गर्न तयार छु,मैले र मेरो कर्मचारीले भ्रष्टचार गरेको भए देखाउनुस्, जेसुकै सजाय भोग्नपनि तयार छु,उनले थपे।’आफैं प्रमुख अतिथि भएको कार्यक्रममा समेत आफू पटक पटक अपमानित हुनुपरेको राजदुत थापाको गुनासो थियो। राजदुतले दुतावासमा कार्यरत नेप&#



