-उमाकान्त पाण्डे गाउले
अखाँटा-यूएई डेस्क-२७ मार्च-गत बिहीवार बरदुबइको याक एन्ड यति होटेल मा नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि पूर्ण बहादुर गुरुङ सँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाली जनसम्पर्क समिती यूएईको आयोजनामा सो भेटघाट कार्यक्रम सम्पन्न भएको हो।
समितीका यूएई शभापती चित्र केसीको अध्यक्षता तथा केन्द्रिय कोषाध्यक्ष गुन्जमान गुरुङको सन्चालनमा सम्पन्न कार्यक्रममा समितिका केन्द्रिय तथा क्षेत्रिय सदस्यहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमका अतिथी पूर्ण बहादुर गुरुङले आजको परीवेशमा नेपाली कांग्रेसले बिदेसमा रहेर निभाउनु पर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए।
कार्यक्रमका शभापती चित्र केसीले अहिले सम्म जनसम्पर्क समितीले गरेका कार्यहरुको बारेमा प्रकाश पारेका थिए।
नेपाली जनसम्पर्क समिति दुबइ क्षेत्रिय समितिका सभापति मनोज गोर्खालीको बिशेष सकृयतामा सो भेटघाट कार्यक्रम आयोजना गरिएको समितिका सदस्य तुल्सी तमाङले बताए।



