चितवनको शक्तिखोरमा परीक्षा दिइरहेको अवस्थामा नक्कली सात माओवादी लडाकु परीक्षार्थी निष्कासित

रत्ननगर, चितवन – चितवनको शक्तिखोरमा परीक्षा दिइरहेको अवस्थामा नक्कली सात माओवादी लडाकु परीक्षार्थी निष्कासित भएका छन् ।

 

यहाँको तेस्रो डिभिजनका सात लडाकु परीक्षार्थी सोमबार निष्कासित गरिएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ ।

 

यहाँको पृथ्वी उच्च मावि जुटपानी केन्द्रमा आइतवार गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रमा नक्कली फोटो टाँसेर अर्कै व्यक्तिले परीक्षा दिइरहेको पाइएपछि उनीहरुलाई निष्कासित गरिएको केन्द्राध्यक्ष गङ्गा गुरुङले राससलाई जानकारी दिए ।

 

निष्कासित भएकाहरुको सिमबोल नम्बर १३४०२०२, १३४०२०४, १३४०२०७, १३४०२१०, १३४०२११, १३४०२२३ र १३४०२२४ रहेका छन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

 

यहाँको परीक्षा केन्द्रमा ४६ जना लडाकु परीक्षामा सामेल भएका छन् । यस विषयमा केन्द्रीय परीक्षा केन्द्रमा समेत जानकारी गराइसकेको निमित्त जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

 

 – रासस

अन्य समाचारहरु