-उमाकान्त पाण्डे गाउले
अखाँटा यूएई डेस्क-सम्युत्त अरब एमिरेट्स यूएईमा रहेका १९ वटा बिभिन्न संघसस्थाको छाता संगठन नेपाली समाज यूएईको आबुधाबी मुसाफा एरिया समिती यही आउदो शुक्रबार अप्रिल १ तारिख गठन गरिने भएको छ। समाजको नवगठित केन्द्रिय कार्यसमिती सगै यस् अघी रहेका सम्पूर्ण क्षेत्रिय तथा एरिया समिती बिधानत स्वतह विघटन हुने भएकोले नवनिर्वाचित कार्यसमितीको मातहतमा सो एरिया समिती गठन गर्न लागिएको हो।
समाजका केन्द्रिय उपाध्यक्ष तथा आबुधाबी अलएन-मुसाफा क्षेत्र प्रमुख भरत राज राना मगरले दिएको जानकारी अनुसार सो एरिया समितीमा सहभागी हुन यहाँ स्थित आम सम्पूर्ण नेपालीलाई यसै समाचार मार्फत अपिल गरिएको छ।
समिती निर्माणका लागि आबुधाबी क्षेत्रिय समिती तथा केन्द्रिय प्रतिनिधिहरु मुसाफाको १३ नम्बरमा उपस्थित हुने भएकोले समाजमा आबद्द हुन चाहने जो कसैले पनि संपर्क गर्नुहुन अनुरोध गरिएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारी आबश्यक परे आबुधाबी मुसाफा आइकार्डमा गिरिधारी रिजाल ०५०७२१९१६१ , र ०५५९७३५३४३ तथा आबुधाबीमै रहेका भरत राज राना मगर ०५५७५४७६४२ लाई संपर्क गर्न अनुरोध गरिएको छ।
नेपाली समाज यूएई बिसुद्द समाजिक सस्था भएकोले यहाँ स्थित सम्पूर्ण नेपालीलाई एकै छानो मुनी रहनका लागि समाज सँग आबद्द भएर लाग्न सम्बन्ध सबैमा समाजले अपिल गरेको छ।



