गोरेटो बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर गोरखाको छेक्मपारमा पाँच जनाको मृत्यु

गोरखा – गोरेटो बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर गोरखाको छेक्मपार गाविसमा पाँच जनाको मृत्यु भएको छ । वडा न.६ र ७ मा बाटो खन्दै गरेको बेला सोमबार साँझ जमीन भासिएको थियो ।

 

मृतकहरुमा वडा नं ६ का ५० वर्षीय दोर्जे लामा र ३९ वर्षीय साङोदोर्जे लामा छन् । त्यस्तै वडा नं ७ का ३९ वर्षीय नालाङलुन्डुप लामा,४० वर्षीय छेवाङडुन्डुप लामा र २३ वर्षीय याङ्जोन लामाको ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीय छिरिङ्आङ्दो लामाले टेलिफोनमा बताए ।

 

बाटो खन्ने क्रममा स्थानीय १८ जना खटिएकोमा १३ जना बाँच्न सफल भए । स्थानीय छेक्पार प्रहरी चौकीले पुरिएको स्थानबाट शव निकालेको छ । घटनास्थल सदरमुकामबाट ६ दिनको पैदल दुरीमा छ ।

अन्य समाचारहरु