मालिकद्वारा मानसिक तथा शरीरिक पिडा दिएको भन्दै दुई नेपाली महिला यूएई दुतावासको शरणमा

-उमाकान्त पाण्डे गाउले
 
अर्घाखाँची टाईम्स यूएई डेस्क) – मार्च २९ – सम्युत्त अरब एमिरेट्स यूएईमा घरेलुमहिला कामदारको रुपमा कार्यरत २ नेपाली महिला नेपाली राजदुतावास आबुधाबीको शरणमा पुगेका छन।


आबुधाबीको अल साहामा स्थित एक इमराती नागरिकको घरमा कार्यरत ति नेपाली महिला लाई नेपाली समाज यूएईको सहयोगमा  गत शुक्रबार अरबी मालिकका घर बाटै उद्दार गरी दुतावास पुराइएको हो।


नेपाली समाज यूएईका केन्द्रिय उपाध्यक्ष तथा समाजका आबुधाबी क्षेत्रिय समितीका अध्यक्ष सुर्य गिरी र सहयोगी दीपेन्द्र राइको सहयोगमा करिब रातको ९ बजे उद्दार गरी दुतावास भवनमा राखिएको छ।


ति महिला हरु मध्ये एक झापा घर भई दर्जी थर बताउने र गोरखा घर गुरुङ थर बताउने ति दुबै महिला एउटै घरमालिकको घरमा हाउसमेडको रुपमा यूएई आएका हुन। दर्जी भारतको बाटो हुँदै र गुरुङ नेपाल बाटै आएको ति दुई महिलाले बताए।


घरमालिक द्वारा शारिरिक तथा मानसिक पिडा दिदै स-सना गल्तीको बहानामा आफुहरुलाई कुटपिट गर्दै डर धम्की दिने गरेकोले आफुहरु त्यहा काम गर्न नसक्ने भएकोले असुरक्षित महसुश गर्दै उद्दार तथा सहयोग पाउने आशमा दुतावासको शरणमा पुराउन समाजका अगुवा हरुलाई आग्रह गरे पछी अहिले दुतावास सम्म पुग्न सकेको ति २ महिलाले अर्घाखाँची टाईम्स लाई बताए।


अहिले ति दुई महिला आबुधाबी स्थित नेपाली राजदुतावासमा रहेको उद्दारकार्यमा जुटेका नेपाली समाज यूएईका केन्द्रिय उपाध्यक्ष भरत राज राना मगरले जानकारी दिए।