नबिन शेरचन – न्यूयोर्क
अर्घाखाँची टाईम्स यूएई डेस्क- १०० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली जनसंपर्क समिती अमेरिका न्यूयोर्क च्यापटरको आयोजनामा रक्तदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
गत शनिबार २६,मार्च २०११ शनिबारका दिन ज्याक्सन हाइट्स ७५ स्ट्रिट ३७ रोड, चेसबैंक पछाडि न्यूयोर्क ब्लड सेन्टरको मोबाइल बसमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम च्यापटरको अगुवा महिलाहरु जनेश गुरुङ,सारदा छेत्री र पुनम राणा मगर को संयोजकत्वमा सम्पन्न भएको हो।
भब्यताका साथ सम्पन्न भएको यस रक्तदान कार्यक्रममा सय भन्दा बड़ी नेपाली र अन्य समुदायका ब्यक्तिहरु सहभागी भएका थिए।जस मध्ये जम्मा ४१ जनाले अमूल्य रक्तदान गरेका थिए।
यसरी रत्तदान जीवनदान भन्ने नारामा सहभागी भएर रक्तदान गर्नेहरुमा महेश मल्ल,पुनम राना मगर मल्ल, लक्षिन लामा,सपना केसी, दिपेश लिम्बु,सोनी थापा,गणेश श्रेष्ठ,देबेन्द्र भण्डारी,श्याम शिवाकोटी, हरीप्रशाद अधिकारी, अर्जुनबहादुर सिंह, दिनेशप्रशाद भट्टराई, राम भट्टराई, सीता खरेल, बुद्ध चेम्जोङ, सन्जिब शाक्य, सिन्दिया शाक्य, दिलकृष्ण श्रेष्ठ, कृष्णबहादुर महर्जन, श्रवन लामा, राजा शाक्य, रामकुमार श्रेष्ठ, भिम तुलाधर, डोल्मा छिरिङ्ग, आङडेन्डी शेर्पा, दोर्जे युतिन, सालीना गंगर, मुनिन्द्र नेम्वाङ, छिरिङ्ग रेप्के लामा, शान्तुमाया अधिकारी घिमिरे, सुमन पोख्रेल, गोपाल निरौला, बिष्णु सिंह बैजु, देवीजङ्ग गुरुङ, छिरिङ्ग फुन्सोक, कामी शेर्पा, कर्मा गुरुङ, दुर्गा गुरुङ, हसन एकेएम, सम्झना कार्की र डम्बरजङ्ग गुरुङ रहेका छन्।
यस रक्तदान कार्यक्रम सम्पन्न गराउनका निमित्त सहयोग गर्ने स्वयमसेवीहरुमा छिरिङ्ग तोप्के लामा, महेश मल्ल,लक्षिन लामा,सपना केसी, शान्तुमाया अधिकारी घिमिरे,टिकाराम गुरुङ,यम अधिकारी त्रियुक्ता घिमिरे,नवाङ डोल्मा,ललिता थापा, रोशन ढुङ्गाना, गणेश श्रेष्ठ (चौतारी रेस्टुरेन्ट), दिलकृष्ण श्रेष्ठ, तथा तिलक श्रेष्ठ रहेका थिए।
कार्यक्रममा जनसंपर्क समिती न्यूयोर्क च्याप्टरका संयोजक नबिन शेरचन,नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी मृदुला कोइराला,नेपाली जनसंपर्क अमेरिकाका पूर्व उपा-अधक्ष्य मिङ्मार शेर्पा, जनसंपर्क समिती न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष सोमनाथ घिमिरे,नेपाली जनसंपर्क तयारी समिती अमेरिका का केन्द्रिय सदश्यहरु प्रमोद सिटौला र बिष्णु सुबेदी,युनाइटेड नेपालीज डेमोक्रेटिक युथ फोरम न्यूयोर्क च्याप्टरकि अध्यक्ष सीता खरेल, कलाकार हरु राज कपूर,रोशन गुरुङ,भिम तुलाधर र राम श्रेष्ठ,प्रेस चौतारी डटकमका प्रशान्त राइ, यू.एस.नेपाल अन्लाईन डटकम का प्रदिप थापा मगर,फोटो हेर डटकमका आङ कामी शेर्पा,कान्तिपुर का संवाददाता दिनेश जङ शाह,बिश्वसन्देश पत्रिका का बिजय पौडेल,विश्व साईकल यात्री फुर तेम्बा शेर्पा,फोटो ग्राफर असोक पन्त लगायतको उपस्थिती रहेको थियो।



